राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

भारतकी पूर्व विदेशमन्त्री सुश्मा स्वराजको निधन

मङ्गलवार, २१ साउन २०७६ २३:५९

एजेन्सी-भारतकी पूर्व विदेशमन्त्री सुश्मा स्वराजको निधन भएको छ ।

एक्कासि विरामी भएर केहीबेर अघि दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएकी उनको निधन भएको हो ।

६७ वर्षिया स्वराजले भारतका विभिन्न मन्त्रालय सम्हाले सकेकी थिइन् । उनको निधन प्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय जनता पार्टीका नेता, विपक्षी कांग्रेसकी नेतृ सोनिया गान्धी लगायतले दुःख व्यक्त गरेका छन् ।

स्वराज विदेशमन्त्री रहदा र त्यो भन्दा अघि पनि धेरैं पटक नेपाल भ्रमणमा आएकी थिइन् ।

थप जानकारी