राष्ट्र हितमा समर्पित
BMP Infology
बुधवार, भाद्र ४, २०७६

आइसीसी टी-२० वरियतामा महेन्द्रसिंह धोनी र क्रिस गेलभन्दा पारस खड्का अगाडि

बिहिवार, २३ साउन २०७६ १०:४१

काठमाडाैँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले सार्वजनिक गरेको टी-ट्वान्टी क्रिकेटको नयाँ वरियतामा नेपाली राष्ट्रिय टाेलीका कप्तान पारस खड्काले छलाङ मारेका छन् ।

वरियताको अलराउण्डरतर्फ कप्तान पारस २५ औं स्थानमा रहेका छन् । ९० अंक पाएका कप्तान पारसको यो करियरकै ठुलो वरियता हो । कप्तान पारस ब्याटिङतर्फ भारतका महेन्द्र सिंह धोनी र वेष्ट इण्डिजका क्रिस गेलभन्दा अघि छन् ।

ब्याटिङतर्फ हालसम्मकै उच्च वरियतामा उक्लिएका पारस ६६ औं स्थानमा छन् । कप्तान पारस अलराउण्डरमा अफगानिस्तानका राशिद खान, भारतका हार्दिक पाण्डय, दक्षिण अफ्रिकाका क्रिस मोरिस, वेष्ट इण्डिजका आन्द्रे रसेल, इंग्ल्याण्डका बेन स्टोक्स भन्दा भन्दा अघि छन् ।

यस्तै अलराउण्डरतर्फ ४९ अंक पाएका नेपालका सोमपाल ६६ औं स्थानमा छन् भने बसन्त ७१ औं स्थानमा छन् ।

थप जानकारी