राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

सुनको भाउ अहिलेसम्मकै महँगो, तोलाको ७० हजार

बिहिवार, २३ साउन २०७६ १२:५९

काठमाडौँ । पछिल्लो समय सुनको मूल्यले लगातार बढीरहेको छ। शुक्रबारदेखि उकालो लागेको सुनको मूल्यले त्यसपछि हरेक दिन बढ्दैछ । आइतबार प्रतितोला ६६ हजार ८ सयमा कारोबार भएको थियो भने अर्को दिन ५ सय बढ्यो ।

मंगलबार १५ सयले बढेर  प्रतितोला ६८ हजार ८ सयमा कारोबार भयो । बुधबार ६९ हजार ५ सयमा कारोबार भएको सुन बिहीबार ७० हजार पुगेको हो । नेपाली बजारमा दिनदिनै नयाँ रेकर्ड राखेको सुनको मूल्य विश्व बजारमा भने यसअघिको उच्च मूल्यमा पुगेको छैन ।

सन् २०११  अगस्ट २९ मा प्रतिऔ सुनको मुल्य १८८९.७० डलर पुगेको थियो । त्यो मूल्य अन्तर्राष्ट्रि बजारमा कायम भएको सबैभन्दा बढी हो । त्यतिबेला नेपालमा भने प्रतितोला ६३ हजारमा कामय भएको थियो । अहिले नेपाली बजारमा सुनको मूल्यले रेकर्ड कायम गर्दा अन्तर्राष्ट्रिय बजारमा भने प्रतिऔंस १५ सयको डलरको हाराहारीमा छ । यो बढ्दै गएको छ ।

त्यतिबेला नेपाली मुद्रा बलियो भएकाले सुनको मूल्य कम थियो। अहिले अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर भएका कारण सुनको मूल्य बढी भएको हो । अमेरिका र चीनको व्यापार युद्ध र अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर घटाउनुलाई नै अहिले सुनको मूल्य बढ्नुको प्रमुख कारण मानिएको छ । यता मूल्य अत्याधिक हुदाँ सुनको कारोबार भने ठप्पजस्तै भएको छ।

थप जानकारी