राष्ट्र हितमा समर्पित
BMP Infology
बुधवार, भाद्र ४, २०७६

उत्तर कोरियाले प्रहार गर्‍यो दुई मिसाइल

शनिवार, २५ साउन २०७६ ८:४०

सोल : उत्तर कोरियाले छोटो दूरीका दुई क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिण कोरियाली समाचार एजेन्सी योनापकाअनुसार शनिबार बिहान स्थानीय समय ५ः ३२ र ५ः५० मा उत्तर कोरियाले छोटो दूरीका दुई क्षेप्यास्त्र जापानको समुँद्रतिर प्रहार गरेको हो ।

क्षेप्यास्त्र प्योङयाङबाट पूर्वतिरको समुँद्रमा प्रहार गरिएको अमेरिका-दक्षिण कोरियाली संयुक्त सैन्य अधिकारीलाई उद्धृत गर्दै योनापले जनाएको छ । दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले निकालेको वक्तव्यमा यसै महिना दक्षिण कोरिया र अमेरिकाले गर्न लागेको संयुक्त सैन्य अभ्यासको विरोधमा उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको जनाएको छ ।

उत्तर कोरियाले शनिबार छोटो दूरीका क्षेप्यास्त्र प्रहार गरेकोबारे निगरानी गरिरहेको दक्षिण कोरिया–अमेरिका संयुक्त सैन्य चिफले बताएका छन् ।  योनापका अनुसार एक अमेरिकी अधिकारीले उत्तर कोरियाको गतिविधि र पछिल्लो अवस्थाबारे अमेरिका,जापान र दक्षिण कोरियाले जानकारी लिइरहेको दाबी गरेका छन् ।

२०१८ को सुरुवातदेखि दुई कोरियाले सम्बन्ध सुधार गर्दै उच्चस्तरीय भेटघाट तथा वार्ता गरेका थिए । कोरिया प्रायद्वीपको तनाव अन्त्य गर्ने भन्दै अमेरिकी राष्ट्रपति ट्रप्प र उत्तर कोरियाली नेता किमले तीन पटक भेटवार्ता गरिसकेका छन् ।

वार्ताका बावजुद पनि अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास नरोकेको भन्दै उत्तर कोरियाले विरोध जनाइरहेको छ ।

थप जानकारी