राष्ट्र हितमा समर्पित
BMP Infology
बुधवार, भाद्र ४, २०७६

राप्रपा निकट युवा संगठनको परिषद बैठक भदौ २० मा हुँदै

आइतवार, २६ साउन २०७६ २२:३०

काठमाडौं । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको परिषद बैठक आउदो भदौ २० र २१ गते रुपन्देहीको बुटवलमा हुने भएको छ ।

काठमाडौंको पानी पोखरी स्थित लप्सी गार्डेनमा युवा संगठनका अध्यक्ष प्रकाश रिमालको अध्यक्षतामा आज बसेको केन्द्रिय समितिको बैठकले ७ प्रदेशका झन्डै ६० वटा भन्दा धेरै जिल्लाबाट युवाहरुको प्रतिनिधित्व गराई परिषद बैठक गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले अध्यक्ष प्रकाश रिमाललाई विधान संसोधन समिति, उपाध्यक्ष मणि सिंखडालाई संगठन विभाग, सचिव तथा कर्णाली प्रदेशको संयोजक सन्तोषी शाहीलाई प्रशिक्षण विभाग तथा सचिव हिक्मत जंग कार्कीलाई विदेश विभागको संयोजकको जिम्मेवारी प्रदान गरेको छ । त्यस्तै प्रचार विभाग र परिषद बैठकमा पेश गर्ने गरी युवासंग सम्बन्धित युवा निति तथा कार्यक्रम निर्माण गर्ने जिम्मेवारी प्रवक्ता सुजित के.सीलाई प्रदान गरिएको थियो । साथै उपत्यकाको संयोजकको जिम्मेवारी बाबु थापाले पाएका थिए ।

बैठकमा युवा संगठनका पुर्व अध्यक्ष तथा राप्रपा प्रदेश ५ का संयोजक प्रदिप उदयले परिषद बैठकको लागि सम्पुर्ण व्यवस्थापन गर्ने बताएका थिए ।

बैठकमा राप्रपाका प्रवक्ता तथा संयोजित संगठन विभागका प्रमुख सुशील श्रेष्ठ समेतको उपस्थित रहेको थियो ।

थप जानकारी