राष्ट्र हितमा समर्पित
BMP Infology
शनिवार, मंसिर २८, २०७६

विकास लक्ष्यका लागि युवा परिचालन

सोमवार, २७ साउन २०७६ १२:४०

माधव ढुङ्गेल

विश्वमा युवाशक्तिका आधारमा आजको समय जनसाङ्ख्यिक लाभको समय भनेर परिभाषित छ । नेपालमा पनि नेपाली कानुनले युवामा परिभाषित गरेअनुसार १६ देखि ४० वर्षको उमेर समूह कुल जनसङ्ख्याको ४० दशमलव ३५ प्रतिशत रहेको छ । यो जनसङ्ख्या सधैँ कायम रहने सम्भावना छैन । सरकारको नीति पनि यस्तै रह्यो र आमजनचेतना हामीले यसैगरी फैलायौँ ।

समाजको सभ्यता र चेतनाको विकाससँगै उमेर परिपक्व भएपछि मात्र विवाह गर्ने, आफू सक्षम भएपछि मात्र सन्तान जन्माउने र बढीमा दुई सन्तानमात्र जन्माउने चेतना विकास भइसकेको छ । यसकारण अब युवाको सङ्ख्या बिस्तारै घट्दै जाने निश्चित छ । यो गतिशील, चलायमान र सिर्जनशील उमेरबाट राष्ट्र कसरी लाभान्वित हुन सक्छ भन्ने विषय धेरै महŒवपूर्ण हुन्छ ।

सायद यही बुझेर नेपाल सरकारले राजनीतिक परिवर्तनपछि २०६५ सालमा युवा तथा खेलकुद मन्त्रालय बनायो । युवा क्षेत्र हेर्ने एउटा छुट्टै महाशाखा निर्माण ग¥यो । युवा नीति–२०६६ जारी ग¥यो । युवाको महŒव दर्शाउन र युवाको कामलाई संयोजन गर्ने एउटा अनुकूल परिस्थिति निर्र्माण भयो । यही जगमा नेपाल सरकारले युवा नीति २०७२ र १० वर्षे रणनीतिक योजना ‘युथ भिजन २०२५’ जारी ग¥यो । राष्ट्रिय युवा परिषद् ऐन निर्माण गरी परिषद्समेत गठन भएको आज तीन आर्थिक वर्ष पूरा भएको छ । यसरी नेपालको संविधान, कानुन, सरकारी नीति, कार्यक्रम र बजेटमा युवा समावेश भएका छन् ।

युवा लक्षित दर्जनाँै कार्यक्रमहरू सञ्चालन भइसकेका छन् । यसबाट विश्व युवा सूचकाङ्कमा नेपालको रेखाचित्र धेरै माथि पुगेको छ । कमन वेल्थ देशहरूको सर्वेक्षणमा सन् २०११ मा नेपाल १९३ वटा देशहरूमध्ये १४५ औं स्थानमा थियो भने सन् २०१६ आइपुग्दा ६८ देशलाई उछिनेर नेपाल ७७ नम्बरमा आइपुगेको छ । जब कि राष्ट्रिय युवा परिषद्ले गरेका सबै कामहरू मूल्याङ्कनमा समावेश भएका छैनन् ।

राष्ट्रिय युवा परिषद्ले नेपाल सरकारले उत्कृष्ट ठानी पुरस्कारसहित सम्मान गरेका युवा उद्यमीलाई सङ्गठित र परिचालनको उद्देश्यसहित युवा उद्यमी सञ्जाल बनायो । स्वदेशमा भएकालाई नेपालमै राख्ने अनुकूल वातावरण बनाउने र विदेश गएकालाई नेपाल फर्काउने र उनीहरूले विदेशमा सिकेको सीप र संस्कारलाई नेपाली परिवेशमा उपयोग गर्ने उद्देश्यका साथ ‘रिटर्नी माइग्रेन्ट नेपाल’ स्थापना गर्ने अनुकूल वातावरण सिर्जना ग¥यो । आज झन्डै ३० हजारजना विदेशबाट फर्किएर उद्यमको यात्रामा सामेल भएका छन् । परिषद् अनुकूल वातावरण बनाउन लागिपरिरहेको छ ।

परिषद्ले प्रत्येक वडामा युवा क्लब गठन गर्ने र प्रत्येक स्थानीय तहमा नमुना युवा संसद् सञ्चालन गर्ने कार्यक्रम ल्याएको छ । जिल्लाको सदरमुकामको पालिका र केही नमुना गाउँ नगरहरूमा गरी ९० वटा पालिकामा वडा क्लब गठन र नमुना युवा संसद्को अभ्यास भइसकेको छ । प्रदेशस्तर र केन्द्रीयस्तरमा समेत सञ्चालन भइसकेको यो प्रक्रियामा हजारौँ युवा सामेल छन् ।

विज्ञान तथा प्रविधिको क्षेत्रमा युवा वैज्ञानिकहरूलाई लक्षित गरी युवा परिषद्ले केन्द्र र प्रदेशस्तरमा युवा वैज्ञानिक सम्मेलन गरिएका छन् । अनुसन्धान र नवप्रवर्तनको क्षेत्रमा क्रियाशील विज्ञानका विद्यार्थीको सहयोगी साथीको भूमिकामा क्रियाशील हुँदा हजारौँ युवा वैज्ञानिकको आकर्षणको केन्द्र बन्न राष्ट्रिय युवा परिषद् सफल भएको छ । नेपालमा युवा क्षेत्रमा काम गर्ने झन्डै सात सय सङ्घ संस्थालाई परिषद्ले आफ्नो आबद्धतामा ल्याएको छ । यस्ता विविध सञ्जालहरूलाई ‘लुज नेटवर्क’ का रूपमा स्थापित गरिएको छ ।

यिनै सञ्जालहरूलाई एउटा भीषण युवा अभियानका रूपमा परिचालन गरी दिगो विकास लक्ष्यका उद्देश्यहरूको उचाइ माथि पु¥याउने र देशलाई तीव्र गतिका साथ समृिद्धको यात्रामा अगाडि बढाउने योजनाका साथ युवा परिषद्को प्रस्तावमा नेपाल सरकारले यस वर्षलाई युवा परिचालन वर्ष घोषणा गरेको छ । परिषद्ले युवा परिचालन वर्ष २०७६ लाई परिलक्षित गरी युवा परिचालनका दसवटा अभियान सञ्चालन गरेको छ ।
कृषि उत्पादन तथा उद्यम प्रवद्र्धनमा युवा आज १८ वटा सरकारी निकायबाट तालिम सञ्चालन हुने र एक–अर्कामा समन्वय पनि नहुने परिस्थितिलाई अन्त्य गर्नुपर्नेछ । सरकारी सहयोग, अनुदान र सहुलियतपूर्ण कर्जाका अवसरहरूलाई पारदर्शी बनाएर सबैको पहुँचमा पु¥याउनुपर्नेछ । यसको माध्यमबाट देशलाई कृषिमा आत्मनिर्भर बनाउन योगदान गर्नुपर्नेछ ।

आमनेपाली युवालाई उद्यमी यात्रामा सामेल गराउने, उद्यमीका लागि अनुकूल वातावरण र लगानी जुटाउन विविध सरकारी, गैरसरकारी, सहकारी र निजी संस्थासँग समन्वय गर्नुपर्नेछ । यसैका लागि यो अभियान आवश्यक ठानिएको छ ।

सार्वजनिक शिक्षाको सबलीकरणमा युवा

शिक्षामा व्यापक सुधार ल्याई सरकारको लगानीमा सञ्चालित शिक्षण संस्थामा गुणस्तरीयताको प्राण भर्नुपर्नेछ । शिक्षालाई उद्यमसँग जोड्नुपर्नेछ । श्रमप्रति सम्मान गर्ने नयाँ पुस्ता निर्माण गर्नुपर्नेछ । ५५ हजार शिक्षण संस्थाबाट उद्यम प्रारम्भ गर्ने अभियानमा तीनवटै सरकारको ध्यान आकर्षित गर्नुपर्नेछ । सभ्य, सिर्जनशील, सकारात्मक र स्वयम्सेवी नयाँ पुस्ता निर्माण गर्न शिक्षण संस्था र यससँग सम्बन्धित निकायहरूलाई संवेदनशील बनाउनुपर्नेछ । यसैका लागि हो यो अभियान ।
पर्यटन प्रवद्र्धनमा युवा

पर्यटन वर्ष २०२० मा सरकारले राखेको २० लाख पर्यटन भिœयाउने लक्ष्य पूरा गर्नु छ । पर्यटकीय गन्तव्यको पहिचान गरी आन्तरिक र बाह्य पर्यटकहरूको सघन उपस्थितिको अनुकूल वातावरण बनाउन आवश्यक छ । पर्यटन उद्यमीहरूको विकासमा जोड दिनुपर्नेछ । यसका लागि यो अभियान हो ।

सुशासन प्रवद्र्धनमा युवा

भ्रष्टाचार र अनियमितताबाट देशलाई जोगाउनुपर्नेछ । हरेक नागरिकको अधिकार, कर्तव्य र दायित्व अनुभूति गराई जिम्मेवार बनाउनुपर्नेछ । पदीय जिम्मेवारी र दायित्वको बोध गराई ठग्ने संस्कृतिको अन्त्य गर्नुपर्नेछ । यसका लागि भ्रष्टाचारका आधारहरूको पहिचान गरी भ्रष्टाचार अन्त्यका लागि सामाजिक बहस र सामाजिक अभियान सञ्चालन गर्न आवश्यक ठानी यो अभियान घोषणा गरिएको छ ।

वातावरण संरक्षणमा युवा
हरित राष्ट्र, सफा मुलुक बनाई सयौँ रोगको आक्रमणबाट नागरिकलाई जोगाउनुपर्नेछ । प्रदूषणलाई नियन्त्रण गर्नु छ । धूँवा र धूलोमुक्त टोल, सहर बनाउनुपर्नेछ । यसका लागि यो अभियान आवश्यक ठानिएको छ ।

विभेद र कुसंस्कारविरुद्ध युवा
छुवाछूत, छाउपडी, बोक्सी र दाइजोलगायतका कुप्रथाबाट समाजलाई मुक्त राख्न युवाको अभियान आवश्यक ठानिएको छ ।

विपत् व्यवस्थापन तथा स्वयम्सेवी कार्यमा युवा
प्राकृतिक विपत् र दुर्घटनाका बेला समाजले युवाको भूमिका खोजिरहेको हुन्छ । यस्ता दुर्घटनाबाट जोगिन होसियारी र विपत्मा परिसकेपछि उद्धारको सवाल आउँछ । यस्ता केही प्रमुख विपत्का क्षेत्रमा उद्धारको तालिम दिलाई प्रत्येक स्थानीय तहमा एउटा विपत् व्यवस्थापन स्वयम्सेवी निर्माण गर्न आवश्यक ठानिएको छ । अन्य अभियानमा पनि स्वयम्सेवक परिचालन आवश्यक भएकाले यो अभियान घोषणा गरिएको छ ।

स्वास्थ्य तथा खेल सचेतनामा युवा
आहार, विहार, शारीरिक तन्दुरस्तीको ज्ञान अभाव छ । भद्दा शरीरमा आनन्द मान्ने प्रवृत्ति कायमै छ । यस्ता विषयमा जनचेतना जागृत गर्न सकियो भने आधा रोग त घरमै निको पार्न सकिन्छ भन्ने उद्देश्यका साथ योग अभ्यास र खेलबाट स्वास्थ्यमा हुने योगदानको सन्देश आमनागरिकमा पु¥याउन यो अभियान आवश्यक ठानिएको छ ।

सामाजिक सुरक्षामा युवा
अपाङ्गता भएका, अलपत्र परेका, अवहेलनामा परेका, द्वन्द्व पीडितहरूको संरक्षण, सशक्तीकरण र व्यवस्थापनमा सहयोग तथा संयोजनको भूमिकामा युवाको अभियान आवश्यक ठानी यो अभियान घोषणा गरिएको छ ।
परम्परागत सीपको विकास तथा संरक्षणमा युवा
आफ्नो देशको मौलिकता पो हराउँछ कि ! पञ्चैैबाजा, हँसिया, कचिया, घन, कोदालो, डोको, नाम्लो, ढकी, ढाका आदि जस्ता परम्परागत सीपको संरक्षण गरी आफ्नो मौलिकता जोगाउन आवश्यक ठानी यो अभियान घोषणा गरिएको छ ।

यी सबै विषयहरू दिगो विकास लक्ष्यसँग जोडिएका छन् । नेपालको बजेट र कार्यक्रमका आधारमा परम्परागत ढङ्गले काम गरेर यो सम्भव छैन । दिगो विकास लक्ष्यको १७ नम्बरलाई आधार मानी एक्लै होइन, सम्बन्धित क्षेत्रमा काम गर्ने सरकारी, सहकारी, गैरसरकारी र निजी सबैको सहकार्यमा भएका कार्यक्रमहरूलाई एकीकृत गर्ने र प्रभावकारी तुल्याउने उद्देश्यसहित यो युवा परिचालन वर्ष २०७६ जारी भएको छ । देश–विदेशमा भएका सबै नेपाली युवालाई यो अभियानमा सामेल हुन नेपाल सरकारले आह्वान गरेकै छ ।

(लेखक राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष हुनुहुन्छ । )

थप जानकारी