राष्ट्र हितमा समर्पित
BMP Infology
शनिवार, मंसिर २८, २०७६

स्वर्गबाट देउतै आए पनि राजतन्त्र फर्किंदैन : सांसद अधिकारी

सोमवार, २७ साउन २०७६ १७:२१

गोेरखा । गोरखा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका सांसद हरीराज अधिकारीले स्वर्गका देवता आएपनि राजतन्त्र नफर्कने बताएका छन् ।

सामुदायिक वन उपभोक्ता महासंघ गोरखाद्वारा आयोजित चौथो सामुदायिक वन दिवस २०७६ कार्यक्रमलाई सम्बोधन गर्दै नेता अधिकारीले ठूलो संघर्षबाट आएको अहिलेको उपलब्धी कसैले चाहँदैमा फर्केर नजाने भनेका हुन् ।

सिंहदरबारको अधिकारी गाउँघरमा ल्याउनु चानचुने कुरा होइन भन्दै उनले स्थानीय जनप्रतिनिधिहरुलाई राजा भन्दै विरोध गर्नेहरु संविधान र संघीयता विरोधीहरु भएकाको बताए ।

सरकारले ल्याउन लागेको वैज्ञानिक वन व्यवस्थापन नीति देउताको अक्षर नभएकोले संस्था र जनताको हितमा परिवर्तन गर्न सकिने उनको भनाई छ ।

संविधानको जगमा टेकेर सबै काम गर्ने हो, कुन ठीक कुन बेठीक भन्ने कुरा बहस, संवाद, छलफलमा तर्क र तथ्य सहित पुष्टि गर्नुपर्ने बताउँदै अनावश्यक पुराना नियम कानुन विस्थापित गर्दै परिमार्जनसहित नयाँ बनाउनुपर्ने उनले बताए ।

थप जानकारी