राष्ट्र हितमा समर्पित
BMP Infology
शनिवार, मंसिर २८, २०७६

विश्व शान्तिको कामना गर्दै जलधारा महायज्ञ

मङ्गलवार, २८ साउन २०७६ १४:०५

विश्व शान्तिको कामना गर्दै युरोपेली मुलुक पोर्चुगलमा वेदान्तिक जलधारा महायज्ञ सम्पन्न भएको छ ।

द टु«थ लभ अफ लिभिङ फाउण्डेशनको आयोजना तथा सत्य सनातन धर्मका प्रवद्र्धक एक नेपाली योगीको पहलमा सोमबार राजधानी लिस्बनको अल्जेसस्थित समुद्री किनारमा वेदान्तिक जलधारा महायज्ञ सम्पन्न भएको हो ।

महायज्ञमा विधि विधानसहित मन्त्रोचारण गर्दै ऋग्वेदको पाठ, देवीदेउताको पूजा, पृथ्वी, जल, वायु, आकाशलगायत विश्व शान्तिको कामना गरिएको योगी श्रीओम सूर्य शिवले राससलाई जानकारी दिनुभयो ।

विश्वमा सत्य सनातन धर्मको प्रचारप्रसार गर्ने तथा आध्यात्मिक र शुद्ध ज्ञान प्रवाह गर्ने उद्देश्यले जलधारा महायज्ञको आयोजना गरिएको योगी श्रीओम सूर्य शिवले बताउनुभयो ।

महायज्ञमा वेद्धान्तिक ज्ञान, शुद्धज्ञान र आत्मज्ञानलगायतका विषयमा आध्यात्मिक तथा धार्मिक प्रवचनसमेत दिइएको उहाँले बताउनुभयो । यस्तै जनैपूर्णिमाको अवसर पारेर विहीबारका दिन लिस्बनको आन्जुसमा शिव पूजा, पाञ्चायन पूजा, जनै प्राण प्रतिष्ठा गरिने र भक्तजनलाई जनै लगाइदिने तथा प्रसाद वितरणको कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । (रासस)

थप जानकारी