राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

सुनको भाउ अहिलेसम्मकै महँगो, तोलाको ७१ हजार

मङ्गलवार, २८ साउन २०७६ १५:३३

काठमाडौं । पछिल्लो केहि सातायताबाट नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । सुनको भाउ मंगलबार बढेर प्रतितोला ७१ हजार रुपैयाँ पुगेको छ ।

सोमबार तोलामा ७० हजारमा बिक्रि भएको सुन मंगलबार तोलामा १ हजार रुपैयाँले बढेर ७१ हजार रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाली बजारमा मंगलबारको भाउ अहिलेसम्मकै उच्च भएको छ ।

बजारमा महासंघका अनुसार मंगलबार तेजाबी सुनको मूल्य पनि प्रतितोला पनि १ हजार रुपैयाँले बढेर ७० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।  चाँदी पनि प्रतितोला ८ सय ३५ रुपैयाँमा कारोबार भएको छ ।  बजारमा सुनको भाउ बढेसँगै सुन किन्न आउँनेको संख्या अत्यन्त न्यून भएको व्यवसायिहरुको भनाइृछ ।

अन्तराष्ट्रिय बजारमा पनि सुनको भाउ ६ वर्ष यताकै उच्च विन्दुमा पुगेको छ ।  विश्व बजारमा सुन प्रतिआउन्स ०।६४५  १ हजार ५२६।८५ डलर सम्म पुगेको छ । यसअघि सन् २०१३ मा विश्व बजारमा सुन प्रतिआउन्स १ हजार ३८१।०७ डलरसम्म पुगेको थियो ।  स्थानीय बजारमा सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड कायम गरिरहेको छ ।

अमेरिका र चीनबीचको व्यापार युद्धसँगै अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर कटौंती गरेपछि सुनको मूल्य उकालो लागेको हो । ब्याजदर घटेपछि लगानीकर्ता सुनतर्फ आकर्षित भएका कारण मूल्य बढेको हो ।

विभिन्न वाणिज्य बैंकसँग ३४ किलो सुन मौज्दात रहेको छ । अमेरिकी केन्द्रीय बैंकले ०।३ प्रतिशतले ब्याजदर घटाए पछिको असर सुनको मूल्यमा परेको जनाएको छ ।

थप जानकारी