राष्ट्र हितमा समर्पित
BMP Infology
बुधवार, भाद्र ४, २०७६

राजा ज्ञानेन्द्र थाईल्याण्डमा

मङ्गलवार, २८ साउन २०७६ २१:०४

काठमाडौं  । राजा ज्ञानेन्द्र शाह यतिबेला थाईल्याण्डमा हुनुहुन्छ । बैंकक बसाईको क्रममा राजाले भेटवार्ता बढाईरहनु भएको बताईन्छ । राजा ज्ञानेन्द्र दुई हप्ताका लागि थाइल्यान्ड पुग्नु भएको हो ।

एक महिनाको अन्तरालमा उहाँ पुनः थाइल्यान्ड उड्नु भयो । यसअघि असारमा उहाँ बैंकक पुग्नु भएको थियो ।

राजाका नातिनीहरु बैंककमा अध्ययन गरिरहेकाले उहाँ बैंकक गइरहनु भएको बताईन्छ ।

थाईल्याण्ड बसाईको क्रममा राजाले कुटनीतिक भेटवार्तालाई पनि तिव्रता दिनु भएको बताईन्छ । नेपालमा राजालाई लिएर सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धेरै नसलबलाउन चेतावनी दिएपछि नेपालमा राजा फर्किनेबारे चर्चा तथा परिचर्चा हुन थालेको छ । पछिल्लो समय राजाको निवासमा पुगेर चर्चित राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले समेत भेटवार्ता गरेका थिए ।

थप जानकारी