राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

कर्णाली प्रदेशका मन्त्री खडकबहादुर खड्कालाई पक्राउ गर्न उच्च अदालतको आदेश

बुधवार, २९ साउन २०७६ ७:४०

सुर्खेत : बैकिङ कसुरमा फरार अभियुक्त ठहर गर्दै उच्च अदालत पाटनले कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खडकबहादुर खत्रीलाई पक्राउ गर्न आदेश जारी गरेको छ ।

सोमबार पाटन उच्च अदालतले पक्राउ आदेश जारी गरिएका मन्त्री खत्री एक सातादेखि संघीय राजधानीमै रहेको खुलेको छ। मन्त्रीनिकट स्रोतले खत्री एक हप्तादेखि काडमाडौंमै रहेको बताएको छ। ‘मन्त्रीजी सायद त्यही मुद्दाका सिलसिलामा काठमाडौं जानुभएको होला’, स्रोतले भन्यो ‘अदालतले दिएको म्यादको अन्तिम समयमा उपस्थित भएर धरौटीमा रिहा हुने तयारीमा जुट्नुभएको हुन सक्छ।’

अदालतको कडा आदेशपछि सुर्खेतमा नेपाल कम्यनिष्ट पार्टी (नेकपा) का नेता-कार्यकर्ताले मन्त्री खत्रीले पदबाट राजीनामा दिँदा ठीक हुने बताउन थालेका छन्।

नेकपाका कर्णाली प्रदेशस्तरीय एक नेताले नाम नबताउने सर्तमा मन्त्री पद बचाउन सकिने अवस्था नरहेकाले राजीनामा दिँदा ठीक हुने बताए।

थप जानकारी