राष्ट्र हितमा समर्पित
BMP Infology
सोमवार, आश्विन ६, २०७६

सागको तयारीमा नेपाली महिला फुटबल टिम

बुधवार, २९ साउन २०७६ १४:०७

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद सागको तयारीमा रहेको नेपाली महिला फुटबल टोली कीर्गिस्तानमा हुने नादेझ्दा कपमा सहभागी हुने भएको छ । नादेझ्दा कप आउँदो भदौ २२ देखि २६ गतेसम्म हुँदै छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले नादेझ्दा कपमा नेपाली टोलीले पाँच दिनमा चार खेल खेल्ने तालिका तय भएको जनाएको छ । प्रतियोगितामा कीर्गिस्तान र नेपालसहित ताजिकिस्तान र उज्वेकिस्तानले भाग लिने छन् ।

नेपालले भदौ २२ गते आयोजक कीर्गिस्तानसँग, २३ गते दोस्रो खेलमा उज्वेकिस्तानसँग र तेस्रो खेलमा २४ गते ताजिकिस्तानसँग खेल्नेछ । २५ गते एक दिन मात्रै विश्रामपछि तेस्रो स्थानका लागि हुने खेलसँगै फाइनल खेल २६ गते हुने तय भएको छ ।

गएको वर्ष चैतमा नेपालमा नै आयोजना भएको महिला साफ च्याम्पियनसिपमा नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो । साफअघि भारतमा भएको हिरो गोल्डकपमा पनि नेपाल उपविजेता मात्रै बन्यो, यसैले नेपालमा नै हुने सागमा स्वर्ण जित्ने दबाव र अवसर नेपालसँग रहने छ ।

सागकै लागि प्रशिक्षक हरि खड्काको नेतृत्वमा नेपाली प्रारम्भिक टिम अभ्यासरत छन् । १३ औं साग मंसिर १५ देखि २४ गतेसम्म आयोजना हुँदै छ ।

थप जानकारी