राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

पूर्व–पश्चिम राजमार्गमा खाल्डै खाल्डा, दुर्घटनाको जोखिम बढ्यो

शुक्रवार, ३१ साउन २०७६ १२:४८

सर्लाही । पूर्व–पश्चिम राजमार्गमा खाल्डाखुल्डी हुँदा दुर्घटनाको जोखिम बढेको छ । सर्लाही खण्डमा मात्रै दर्जनौं स्थानमा कालोपत्रे उप्किएर राजमार्गमा ठूल्ठूला खाल्डो बनेका छन् ।

जिल्लाको रानीगञ्ज, लालबन्दी, हरिवन, नयाँरोड र बागमती क्षेत्रमा सडक बिग्रिएकाले सवारी सञ्चालनमा समस्या भइरहेको चालकहरुले गुनासो गरेका छन् ।

खाल्डाखुल्डीका कारण मोटरसाइकल, टेम्पु, जीप, कारलगायतका साना सवारी दुर्घटनामा पर्ने क्रम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर, सर्लाहीले जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार तीव्र गतिमा गुडाइने मोटरसाइकललगायत अन्य सवारी खाल्डोमा परेर उच्छिट्टिने डर हुन्छ । यो अवस्थामा चालकले धेरै ख्याल गरेर सवारी चलाउनुपर्ने ट्राफिक प्रहरीको भनाइ छ ।

डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुर, रौतहटले भने जीर्ण भएको पूर्व–पश्चिम राजमार्ग र पुलहरुमा मर्मतको काम सुरु भइसकेको जनाएको छ ।

सडकमा खाल्डाखुल्डी पुर्ने र कालोपत्रे गर्ने काम भइरहेको डिभिजन सडक प्रमुख दारोगाप्रसादले जानकारी दिए ।

थप जानकारी