राष्ट्र हितमा समर्पित
BMP Infology
बुधवार, मंसिर ४, २०७६

मुख्यमन्त्री शाहीले लिए बगरमै सलामी

शुक्रवार, ३१ साउन २०७६ १३:४८

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खोलाको बगरमा पिर्कामा उभिएर सलामी लिएका छन् ।

मुख्यमन्त्री शाही बिहीबार गृहनगर पचालझरना पुगेका थिए । गृहनगर पचालझरनाको लाफाखोलामै पिर्का राखेर सलामी लिएका हुन् ।

खोला किनारको बगरमा रातो कपडाले बेरेको पिर्कामा उभिएर प्रहरी टोलीको सलामी लिएका हुन् ।

उनले सलामी लिँदा स्थानीय बासिन्दा भने हाँसिरहेका थिए । गृहनगरमा उनलाई क्रान्तिकारी नेताका रूपमा लिने गरिएको थियो ।

जनप्रतिनिधिले लिइरहेका सलामीको आलोचना भइरहेका वेला मुख्यमन्त्री शाहीले सलामी लिएको फोटो सामाजिक सञ्जालमा राखेर उनकै पार्टी कार्यकर्ता पनि आलोचना गरिरहेका छन् ।

थप जानकारी