राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

स्कुल विभाग प्रमुखमा इश्वर पोखरेल र प्रचार विभाग प्रमुखमा नरायणकाजी श्रेष्ठ चयन

शुक्रवार, ३१ साउन २०७६ १५:०९

काठमाडौं, साउन ३१ गते । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले ३३ विभाग तथा सात वटा प्रदेश कमिटीका इन्चार्ज तथा सह इन्चार्जहरूका टुङ्गो लगाएको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवटारमा सम्पन्न बैठकले सो टुङ्गो लगाएको हो ।
बैठकले विदेश विभाग प्रमुखको जिम्मेवारी माधवकुमार नेपाललाई तोकेको छ भने उपप्रमुखमा राम कार्की अर्थात सुरेन्द्र कार्की लाई तोकेको छ ।

त्यस्तै नीति अध्ययन प्रतिष्ठानको प्रमुखको जिम्मेवारी झलनाथ खनाललाई दिने निर्णय गरेको छ भने संगठन विभाग प्रमुखमा बामदेव गौतम रहनु भएको छ । साथै स्कुल विभाग प्रमुखमा इश्वर पोखरेल र प्रचार विभाग प्रमुखमा नरायणकाजी श्रेष्ठ रहनुभएको छ ।

अर्थ विभाग प्रमुखमा सुरेन्द्र पाण्डे तथा उप प्रमुखमा डोरमणि उपाध्याय रहनु भएको प्रवक्ता नारायण काजी श्रेष्ठले बैठक पछि पत्रकारहरूलाई जानकारी गराउनुभयो ।
त्यस्तै जनवर्गीय संगठन प्रमुख अयोग प्रमुख प्रवास आदिका नेतृत्वका बारेमा अर्को बैठकमा टुङ्गो लगाइने उहाँले बताउनुभयो ।

सचिवालयको अर्को बैठक शनिवार ४.०० बजे बस्ने बताइएकाे छ ।

थप जानकारी