राष्ट्र हितमा समर्पित
BMP Infology
सोमवार, आश्विन ६, २०७६

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलको लगातार दोस्रो जित

आइतवार, १ भाद्र २०७६ ८:४०

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले दोस्रो जित आत्मसाथ गरेको छ ।

शनिबार राति भएको खेलमा साउथ ह्याम्पटन २–१ गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा साडियो माने र रोवर्टो फिरमिनोले एक–एक गोल गरेका थिए । साउथ ह्याम्पटनको भने यो लगातार दोस्रो हार हो ।

लिभरपुलका लागि पहिलो हाफमा थप गरिएको पहिलो मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १ गोलको अग्रता बनाएको लिभरपुलले ७१ औं मिनेटमा अग्रता दोब्बर बनाएको थियो ।

फिरमिनोले मानेको पासमा गोल गर्दै लिभरपुललाई २–० को अवस्थामा पुर्‍याएका थिए । तर ८३ औं मिनेटमा डेनियल विलियम जोनले गोल गर्दै साउथह्याम्पटनलाई २–१ मा ल्याए पनि हार टार्न भने सकेनन् । जितसँगै लिभरपुलको तालिकामा ६ अंक भएको छ ।

थप जानकारी