राष्ट्र हितमा समर्पित
शुक्रवार, चैत्र १६, २०८०

रवि लामिछाने समर्थनमा झापामा बृहत -याली

आइतवार, १ भाद्र २०७६ २१:२४

झापा, १ भदौ । सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको समर्थनमा झापामा बृहत ¥याली तथा कोणसभा गरिएको छ । सञ्चारकर्मी लामिछाने र कँडेललाई प्रहरी हिरासतमा लिइएको विरोधमा आइतबार झापाको बिर्तामोडमा स्वस्फूर्त रुपमा युवाहरुले ¥याली निकालेका हुन् ।

स्वतन्त्र युवा समूह बिर्तामोडको संयोजनमा ¥यालीमा सहभागी सर्वसाधरणले पत्रकार रवि लामिछानेलाई विभिन्न बहानामा फसाउने कार्य भएको भन्दै सम्बन्धित निकायको ध्यानार्कषण गरेका थिए । सहभागीहरुले पत्रकार लामिछाने दोषी नरहेको विश्वास व्यक्त गरे ।

उनीहरुले पत्रकार शालिकराम पुडासैनीको आत्महत्यालाई निश्पक्ष छानबिन गरिनु पर्ने समेत माग गरेका छन् । सहभागी नेपालको राष्ट्रिय झण्डासहित ‘राष्ट्रका सपुत रवि लामिछानेको साथमा हामी छौँ’ लेखिएको ब्यानर लिएर ¥यालीमा उत्रिएका थिए ।

¥याली बिर्तामोड बजार परिक्रममा गरि मुक्तीचौकमा आएर कोणसभामा परिणत भएको थियो । सहभागीले सोमबार साँझ ५ बजे पनि वृहत ¥याली तथा कोणसभा गरिने कार्यक्रम तय गरेका छन् ।

न्युज २४ टेलिभिजनबाट प्रशारण हुने चर्चित कार्यक्रम ‘सीधाकुरा जनतासँग’का प्रस्तोता रवि लामिछाने उनका सहकर्मी युवराज कँडेलसहित ३ जनालाई चितवन प्रहरीले गत बिहीवार पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ गरेको थियो ।

थप जानकारी