राष्ट्र हितमा समर्पित
BMP Infology
सोमवार, आश्विन ६, २०७६

प्रधानमन्त्री बिहीबार स्वास्थ्य परिक्षणका लागि सिङ्गापुर जानुहुने

बुधवार, ४ भाद्र २०७६ ८:१९

काठमाडौँ, भदौ ४ गते । चिकित्सकको परामर्शअनुसार प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार फेरि सिङ्गापुर जाने हुनुभएको छ ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले उपचारको सिलसिलामा सिङ्गापुर जान लाग्नुभएको जानकारी दिनुभयो ।

केही दिनअघि भएको स्वास्थ्य परीक्षणपछि उतै बसेर पुनः परीक्षण गराउनुपर्ने भए पनि लामो समय बाहिर बस्दा देशभित्रका काममा अवरोध आउने भएकाले बीचमै प्रधानमन्त्री फर्कनुभएको भट्टराईले प्रस्ट्याउनुभयो ।

“चिकित्सकले हाम्रो अवलोकनमा रहनुपर्छ भनेकाले खाइरहेको औषधिको उपादेयता बुझ्न पनि जानुपर्ने भएको हो,” उहाँले भन्नुभयो । मिर्गाैला फेर्नुभएका प्रधानमन्त्रीको स्वास्थ्य निरन्तर परीक्षण गर्नुुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

थप जानकारी