राष्ट्र हितमा समर्पित
शुक्रवार, चैत्र १६, २०८०

काठमाडौं प्रहरीले क्षेत्राधिकारको कारण देखाउँदै रवि पत्नी निकिताको जाहेरी लिएन

बुधवार, ४ भाद्र २०७६ १५:४०

काठमाडौं । नुवाकोटका  पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछाने पत्नी निकिता पौडेलले प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ सहित ३ जनाविरुद्ध जाहेरी दिन प्रहरी कार्यालय पुगे पनि उनको जाहेरी दर्ता हुन सकेन ।

क्षेत्राधिकारको कारण जनाउँदै काठमाडौं प्रहरीले उजुरी लिन नमानेको उनका वकिलले जानकारी दिए ।

प्रहरी अनुसन्धानमा रहेको शालिकरामको आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको भन्दै निकिता  जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिन पुगेकी थिइन् ।

मुलुकी अपराध संहिता २०७४ को दफा २७६ र ७७ अनुसार जाहेरी दर्ता गर्न लागेको निकिताका अधिवक्ता राजेन्द्र सेढाईले जानकारी दिए ।

पुडासैनी साउन २० गते नारायणगढ बसपार्कको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । उनलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा प्रहरीले गत बिहीबार रवि लामिछानेसहित  पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ अनुसन्धान गरिरहेको छ ।

थप जानकारी