राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

जनहितलाई केन्द्रमा नराखे सत्ता उल्टिन सक्छः अध्यक्ष प्रचण्ड

शुक्रवार, ६ भाद्र २०७६ १३:२४

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनहितलाई केन्द्रमा राखेर काम नगरे सत्ता उल्टन सक्ने सम्भावना रहेको बताएका छन् ।

शुक्रबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्तामा जानुअघि जनतासँग गरेको प्रतिवद्धता भुल्दै जाने र आफ्नै योगदानलाई बिर्संदै जाने हो भने प्राप्त उपलब्धि सजिलै गुम्न सक्ने खतरा औल्याएका हुन् ।

अध्यक्ष दाहालले सत्तामा पुगेपछि जनतासँग गरेका प्रतिद्धताहरु बिर्सदै जाने प्रवृत्ति विश्वभरीका कम्युनिष्टहरुको विशेषता नै भएको भन्दै अन्य मुलकमा देखिएको प्रवृत्ति नेपालमा पुनरावृत हुन नदिनतर्फ सचेत हुनुपर्नेमा जोड दिए ।

कम्युनिष्ट सरकारको कार्यशैली वास्तविक कम्युनिष्टको चिन्तन र विचार भन्दा भिन्न बुर्जुवाकरण हुँदै जाने हो भने सत्ता परिर्वतन हुन समय नलाग्ने भन्दै उनले त्यसतर्फ गम्भीर हुनुपर्ने आवश्यकता औंल्याए ।

पूर्वी युरोप, सोभियत संघको उदाहरण दिँदै उनले कम्युनिष्ट नेताले सत्तामा पुगेपछि कम्युनिष्ट चिन्तन सिद्धान्तको कार्यशैली बिर्सन नहुने बताए ।

उनले भने, “कम्युनिष्ट नेता नै राजा महाराजा जस्तो हुँदै गएपछि, राजा महाराजाका विरुद्ध लडेका जनताहरु कम्युनिष्ट पनि राजा महाराजा जस्ता देखिएपछि यिनलाई पनि लखेट्नपर्छ भन्ने यो विडम्बना देखियो इतिहासमा । हामीकहाँ पनि यसो हेर्दा लक्षण यस्तै देखिन्छ ।” उनले दुई पार्टी मिलेर बनेको ठूलो पार्टीभित्र पछिल्लो समय अनुशासन र जिम्मेवारी बोधमा विचलन देखिएको भन्दै असन्तुष्टि जनाए ।

थप जानकारी