राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

देशले फेरि एकपटक परिवर्तनको माग गर्दैछ: राप्रपा महामन्त्री लिङ्देन

शनिवार, ७ भाद्र २०७६ २०:२९

हेटौंडा । राप्रपाका महामन्त्री एबं सांसद राजेन्द्र लिङ्देनले देशको वर्तमान परिस्थितिले एकपटक फेरी परिवर्तनको माग गरेको बताएका छन् ।

सांसद लिङ्देनले मकवानपुरको हेटौंडामा पार्टीको जिल्ला कार्य समितिद्वारा आज आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सत्य, निष्ठा र इमान्दारीताको पक्षमा काम गर्ने राप्रपाका कार्यकर्ताहरु जनताको माँझमा जान ढिला गर्न नहुनेमा जोड दिए ।

उनले स्थापित संस्थाहरु भत्काउने, राष्ट्रिय पहिचान समाप्त पार्ने, जातीय विभाजनको विजारोपण गर्ने, भ्रष्ट मनोवृत्तिका काँग्रेस-कम्युनिष्ट यो मुलुकमा चल्ने तर सनातन मान्यताको जगेर्ना गर्दै निरन्तरता सहितको पक्षधर राप्रपा नचल्ने हुदैन भन्दै धर्म, संस्कृति, विकास र समृद्धिको पक्षमा क्रियाशिल राप्रपा स्थापित भएरै छाड्ने दावी गरे ।

मुलुकलाई वैकल्पिक राजनैतिक विचारधारा दिने पार्टी अध्यक्ष कमल थापाको जिल्लामा आएर बोल्न पाउँदा खुशी लागेको भन्दै लिङ्देनले देशमा व्याप्त विकृती, बिसंगति र भ्रष्टाचारको विरुद्धमा जनता जाग्ने बेला आएको विचार व्यक्त गरे ।

गणतन्त्र, धर्म निरपेक्षता र संघीयताले मुलुकलाई निकास दिने नभई समस्याको दलदलमा फसाएको चर्चा गर्दै उनले मुलुकको स्वाधिनता, स्थिरता र बिकासको निमित्त राप्रपाले अघि सारेको मार्ग चित्रबाट मात्र देशलाई जोगाउन सकिने बताए ।

कार्यक्रममा राप्रपा मकवानपुरका अध्यक्ष मधु अधिकारी, मकवानपुर जिल्लाका नेताहरू सिताराम बर्तौला, खिल प्रसाद चौलागाईं, रामकृष्ण तिवारी , गुरु प्रसाद सापकोटा बालकुमारी डल्लाकोटी लगायतले मन्तव्य राखेका थिए ।

थप जानकारी