राष्ट्र हितमा समर्पित
BMP Infology
सोमवार, आश्विन ६, २०७६

मेक्सिकोको एउटा बारमा आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु

बुधवार, ११ भाद्र २०७६ १९:०४

मेक्सिको । मेक्सिकोको एउटा बारमा आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ ।

मेक्सिकोको वेराक्रुज राज्यमा रहेको एउटा बारमा आगलागी हुँदा कम्तीमा २३ जनाको ज्यान गएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको हो ।

मंगलबार राति वेराक्रुज राज्यको दक्षिणी भागको कोट्जाकोल्कोसमा आगलागी भएको अन्तराष्ट्रिय संचारमाध्यामले जनाएका छन् ।

महान्यायाधिवक्ताको कार्यालयले घटनाको निन्दा गर्दै ‘दुर्भाग्यपूर्ण आक्रमणको कारण’ के हुनसक्छ भनेको छ ।

ज्यान गुमाउनेमा ८ जना महिला र १५ जना पुरुष रहेको महान्यायाधिवक्ताको कार्यालयले जानकारी दिएको छ ।

गम्भीर घाइते भएका १३ जनाको अस्पतालमा उपचार भैरहेको छ ।  कोट्जाकोल्कोस मेक्सिकोको तटको खाडीमा रहेको बंदरगाह शहर हो ।

थप जानकारी