राष्ट्र हितमा समर्पित
BMP Infology
सोमवार, आश्विन ६, २०७६

लेस्टर सिटी पेनाल्टीमा विजयी हुँदै लिगकपको तेस्रो चरणमा

बिहिवार, १२ भाद्र २०७६ ९:५०

काठमाडौँ । इंग्लिस प्रिमियर लिग क्लब लेस्टर सिटी लिग कप (इएफएल कप) अर्थात काराबाओ कप फुटबलको तेस्रो चरणमा प्रवेश गरेको छ ।

अवे मैदानमा बुधबार राति भएको खेलमा प्रिमियर लिग क्लब न्युक्यासल युनाइटेडलाई टाइब्रेकरमा पराजित गर्दै लेस्टरले अघिल्लो चरणमा स्थान बनाएको हो ।

लेस्टरका लागि ३४ औँ मिनेटमा जेम्स म्याडिसन तथा न्युक्यासलका लागि ५३ औँ मिनेटमा योशिनोरी मुतोले गोल गरेपछि खेलमा १–१ को बराबरी भयो । त्यसपछि खेलको निर्णय टाइब्रेकरबाट लिइयो, जसमा लेस्टर सिटीले न्युक्यासललाई ४–२ ले पराजित गरेको हो ।

बुधबार राति नै भएका खेलमा सन्डरल्याण्डले बर्नलीलाई ३–१, एभर्टनले लिंकन सिटीलाई ४–२, शेफिल्ड वेनस्डेले रोदरह्यामलाई १–०, पोर्ट्समाउथले क्युपिआरलाई २–० तथा स्वान्सी सिटीले क्याम्ब्रिजललाई ६–० ले पराजित गरेका छन् । यस्तै फरेस्ट ग्रिनसँगको खेलको निर्धारित समयमा गोलरहित बराबरीमा रोकिएको बोर्नमाउथले टाइब्रेकरमा ३–० को जित निकालेको छ ।

थप जानकारी