राष्ट्र हितमा समर्पित
BMP Infology
सोमवार, आश्विन ६, २०७६

१६ वटा वाणिज्य र विकास बैंकको सर्भरमा समस्या

आइतवार, १५ भाद्र २०७६ १३:३३

काठमाडौँ, भदौ १५ गते । नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम (नेप्स)को सर्भरमा राखिएका वाणिज्य र विकास बैंकको सर्भरमा समस्या देखिएको छ ।

शनीबार रातीबाट नेप्सको सर्भरमा रहेका बैंकको सर्भर ह्याक भएको आशंका गरिएको छ । यसरी सर्भर डाउन भएका १६ वटा बैंकका मास्टर कार्ड, भिजा कार्ड र एटीएम कार्ड चलेका छैनन् ।

अपराध महाशाखा साइबर पिलरबाट यसबारेमा अनुसन्धान भैरहेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहकुल थापाले जानकारी दिनुभयो ।

थप जानकारी