राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

क्यालिफोर्नियामा डुङ्गा दुर्घटना, २५ जनाको मृत्यु

मङ्गलवार, १७ भाद्र २०७६ १४:४१

काठमाडौं । लस एन्जेलस– दक्षिण क्यालिफोर्नियाको सान्टा क्रुज द्वीपमा सोमबार मध्यरात डुङ्गामा एक्कासी आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ ।

यस दुर्घटनामा अन्य नौ व्यक्ति बेपत्ता भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । क्यालिफोर्नियाको तटीय क्षेत्रमा उक्त दुर्घटना भएको हो ।

बेपत्ता व्यक्तिहरुको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । स्थानीय समयानुसार सोमबार बिहान ३ः१५ बजे सो दुर्घटना भएको तटीय गार्डका क्याप्टेन मोनिका रोचेस्टरले बताएका छन् ।

सो  डुङ्गामा ३९ व्यक्ति सवार रहेका पनि मोनिकाले बताएका छन्  । सो दुर्घटनाबाट पाँच जनालाई भने जीवितै उद्धार गरिएको छ ।

थप जानकारी