राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

सरकारले एक्सन लिन ढिलो गरे रियाक्सन हुने: प्रचण्ड

बिहिवार, १९ भाद्र २०७६ १३:२७

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारले एक्सन लिन नसके प्रतिगम–प्रतिक्रान्तिले रियाक्सन गर्ने बताएका छन् ।

दलित अधिकारका लागि जनप्रतिनिधिको भूमिका विषयक एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले राजनीतिक नेतृत्व र सरकारले अब जनअपेक्षा अनुसार एक्सनमा जान ढिलो गर्न नहुने बताए । उनले भने, ‘मैले चितवनको भरतपुरमा हिजो (बुधबार) भनेको थिएँ, हामी राजनीतिक नेतृत्व र सरकारले अब जनअपेक्षा अनुसार एक्सनमा जान ढिलो गर्ने हो भने अर्कोले रियाक्सन गर्छ । त्यो रियाक्सन राष्ट्रको लागि धेरै चर्को पर्न सक्छ ।’

अध्यक्ष प्रचण्डले जनतालाई अहिलेको संविधानबाट नयाँ युगतिर जान सकिन्छ भनेर विश्वासमा लिन सक्नुपर्नेमा जोड दिए ।
राजनीतिक परिवर्तनका सहभागीहरु दलहरु एक ठाउँमा आउन जरुरी रहेको पनि अध्यक्ष प्रचण्डले जिकिर गरे ।

‘प्रतिगमकारी र प्रतिक्रान्तिकारीहरुले टाउको उठाउन खोज्दैछन् है भनेर मैले भन्ने गरेको छु । केही घटनाले त्यसको संकेत गरेको छ,’ उनले भने, ‘त्यसैले यो राजनीतिक परिवर्तनका सहभागीहरु, नयाँ संविधानमा मूलभूत अधिकार प्राप्त गरेको वर्ग–समुदायहरु र यो परिवर्तनको राजनीतिक नेतृत्व गर्ने नेताहरु, एक ठाउँमा उभिनु जरुरी छ ।

एक चोटी फेरि आम नेपाली जनतालाई विश्वासममा लिएर जनताको चाहना अनुसार अगाडि बढ्न जरुरी छ ।’ यस्तै फरक प्रसंगमा अध्यक्ष प्रचण्डले दलित समुदायको हक अधिकारमा आफ्नो जिम्मेवारी बढी रहेको स्वीकार गरे ।

पुरानो अनभूतिको स्मरण गर्दै उनले भने, ‘म अहिले दुईतिहाई सरकारको नेतृत्व गर्ने पार्टीको अध्यक्ष छु । हिजो जनयुद्धमा दलितहरुलाई नै सबै भन्दाबढी उत्प्रेरित गरेर उनीहरुको बलिदान, त्याग तपस्यालाई नजिकबाट  हेरर आएको नाताले पनि दलितको अधिकारमा मेरो जिम्मेवारी बढी छ ।’
जनयुद्धमा दलित वर्गले प्राप्त गरेको हक अधिकार संविधानमा लेखिएपनि कार्यान्वयन हुन नसकेको अध्यक्ष प्रचण्डको बुझाइ छ ।
‘हिजो जनयुद्धमा एउटै जातको भएको अनुभूत गथ्र्यौँ। प्रेम, विवाह, यौन सम्वन्धी, मुद्धा मामिलाहरुको अर्कै परिभाषा बनेको थियो । तर शान्ति र सहमतिमा आइसकेपछि संविधानमा लेखिए पनि त्यतिबेलाको मूल्यमान्यता स्खलित हुन थाले । जसले मलाई बढो विचित्रको अनभूति हुन्छ,’ उनले भने ।
अध्यक्ष प्रचण्डले जनतासँगको सम्बन्ध समधुर बनाउनु पर्नेमा जोड दिए । उनले भने, ‘जनतासँगको सम्बन्धलाई समधुर बनाइ राख्नुपर्छ । होइन भने हामीले विगतमा जनताबाट पाएको सजाय फेरि पाउँछौँ । जनताले मौका पाएपछि एक पटक सबक सिकाउँछ । मैले यसलाई सबकको रुपमा लिएको छु ।

थप जानकारी