राष्ट्र हितमा समर्पित
BMP Infology
सोमवार, आश्विन ६, २०७६

प्रधानमन्त्री ओली स्वास्थ्य उपचारपछि शुक्रबार स्वदेश फर्कदै

बिहिवार, १९ भाद्र २०७६ २१:१४

काठमाडौँ, भदौ १९ गते । प्रधानमन्त्री केपी शर्मा ओली १५ दिन लामो स्वास्थ्य उपचारपछि शुक्रबार स्वदेश फर्कदै हुनुहुन्छ । उहाँ मिर्गौलाको थप परीक्षण तथा उपचारका लागि भदौ ५ गते सिंगापुर जानुभएको थियो ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा.कुन्दन अर्यालले ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलाको उपचारपछि प्रधानमन्त्री ओली शुक्रबार मध्यान्ह स्वदेश फर्कनुहुने जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीको सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलामा देखिएको ‘एन्टिबडी’ निराकरणको उपचार गरिएको थियो ।

बुधबार ‘प्लाज्मा फेरेसिस’ को सातौं चरण पुरा गरिएको थियो । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न सिंगापुर पुग्नुभएका नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेल र नेता बामदेव गौतमसमेत सँगै फर्कनुहुने जनाइएको छ ।

प्रधानमन्त्री ओलीको साथमा श्रीमती राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत हुनुहुन्छ ।

थप जानकारी