राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

दसैंमा काठमाडौँमा खसीबोका चरम अभाव हुने

शनिवार, २१ भाद्र २०७६ १२:४८

काठमाडौँ । यस वर्ष भारतबाट खसीबोका आयात ठप्प भएको छ । भन्सार विभागको तथ्यांकअनुसार ०७५ साउनमा दसैंलाई लक्षित गरी ३७ करोड २१ हजार रुपैयाँका ४५ हजार ७ सय ९८ खसीबोका आयात भएका थिए ।

०७६ भदौ २० सम्म भारतबाट खसीबोकाको आयात ठप्प छ। विभाग स्रोतका अनुसार यस वर्ष भदौ २० सम्म एउटा पनि खसीबोका भारतबाट आयात भएको छैन ।

सरकारले भन्सारमा भारतबाट खसीबोका आयतमा कडाइ गरेको छ । कागजपत्रमा निर्यातयोग्य, रोगमुक्त र रोगको खोप लगाएको प्रमाणित हुनुपर्छ । यो व्यवस्था लागू भएसँगै भारतबाट खसीबोका आयात कम भएको छ ।

यस्तै अबस्था रहे दसैंमा काठमाडौँमा मात्रै ३० हजार खसीबोका अपुग हुने व्यवसायीले जनाएका छन् । सरकारले दसैंलाई लक्षित गरी काठमाडौँको लागि ३ हजार खसीबोका र चयाङ्ग्रा खरिद गर्ने तयारी गरेको छ। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ ।

थप जानकारी