राष्ट्र हितमा समर्पित
BMP Infology
सोमवार, आश्विन ६, २०७६

नेपालसँग किर्गिकस्तान आठ गोलले पराजित

आइतवार, २२ भाद्र २०७६ १९:३०

काठमाडौं, भदौ २२ गते । नेपाली महिला फुटबल समूहले नादेजा कपका आयोजक किर्गिकस्तानलाई दुर्ईका विरुद्ध आठ गोलले हराएको छ ।

आइतबार कारोकोलको सेन्ट्रल रंगशालामा भएको खेलमा स्टार खेलाडी सावित्रा भण्डारीले चार गोली गरी ह्याट्रिक गर्नुभयो ।

खेलको ४ मिनेटमा भण्डारीले नेपालको लागि पहिलो खाता खोल्नुभयो । त्यसपछि उहाँले खेलको १५ मिनेट, ३० मिनेट र ५४ मिनेटमा चार गोल गर्नुभयो ।

नेपाललाई विजय गराउन अनिता बस्नेतले २५ र ८९ औं मिनेटमा दुई गोल गरेर योगदान दिनुभयो भने दीपा राईले २५ मिनेट, निरु थापाले ३७ मिनेटमा गोलको खाता खोल्नुभयो ।

सोमबार नेपालले उज्वेकिस्तानसँग सामना गर्ने गोलनेपालडटकमले जनाएको छ ।

थप जानकारी