राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

रोगको प्रकोप बढ्न थालेपछि वीर अस्पतालमा पनि डेंगु रोगको परीक्षण शुरु

आइतवार, २२ भाद्र २०७६ २१:२४

डेङ्गु परीक्षण एकमात्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा मात्र हुने गर्दछ । टेकु अस्पतालमा बिरामी रिफर गर्दा अस्पतालले धान्न नसक्ने अवस्था आएपछि सबैभन्दा पुरानो अस्पतालले सेवा शुरुआत गरेको जनाएको छ ।

वीर अस्पतालले पनि शुक्रबारदेखि डेङ्गु रोगको परीक्षण शुरु गरेको छ । परीक्षण गर्ने कीट आफैँ खरीद गरी वीर अस्पतालले आजदेखि डेङ्गु परीक्षण शुरु गरेको हो । उनले भने, “डेङ्गुको आशङ्का गरेपछि थप परीक्षणका लागि टेकु पठाउथ्यौँ । टेकुले पनि धान्न सक्ने अवस्था देखिएन । बिरामीको सङ्ख्या बढ्न थाल्यो । भर्ना भएका बिरामीलाई पनि लक्षण देखिन थाल्यो । त्यसैले कीट ल्याएर यहीँ परीक्षण गर्न थाल्यौँ ।”

अस्पतालले आकस्मिक र बहिरङ्ग दुवैतर्फ आउने बिरामीको सो रोग परीक्षण हुने व्यवस्था मिलाएको छ । बिरामीको सुविधाका लागि अस्पतालले रु ५०० मा कीटद्वारा परीक्षणको व्यवस्था मिलाएको जनाएको छ ।

थप जानकारी