राष्ट्र हितमा समर्पित
शुक्रवार, चैत्र १६, २०८०

डा. सन्दुक रुइतलाई डेंगु संक्रमण, नर्भिकमा उपचार हुँदै

सोमवार, २३ भाद्र २०७६ १४:००

काठमाडौं, भदौ २३ गते । नेत्ररोग विशेषज्ञ प्राध्यापक डा. सन्दुक रुइतलाई डेंगुको संक्रमण भएको छ ।

नर्भिक अस्पतालका एक चिकित्सकका अनुसार रुइतलाइ डेंगुको संक्रमणले भर्ना गरिएको छ ।

घरैमा उहाँ सहित परिवारका तीन जनालाई डेंगुको संक्रमण भएको जनाइएको छ । यस अघि सरुवा अस्पतालमा समेत दुइ चिकित्सक सहित १३ जनालाइ डेंगु लागेको थियो ।

सरकारको तथ्यांक अनुसार सात हजारलाइ डेंगु भइसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगुका कारण अहिले सम्म ४ जनाको मृत्यु भइसकेको छ । डेंगुबाट जोगिन मन्त्रालयले आ-आफ्नो घर सरसफाइ गर्न आग्रह गरेको छ ।

थप जानकारी