राष्ट्र हितमा समर्पित
BMP Infology
सोमवार, आश्विन ६, २०७६

कमल थापाको बाबुराम भट्टराइलाई सुझाव, धार्मिक ग्रन्थको राम्रोसँग अध्ययन गर्नुहोस् 

सोमवार, २३ भाद्र २०७६ १७:२५

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले दलितहरुको एक कार्यक्रममा हिन्दु धर्मको विषयमा दिएको अभिव्यक्ति आपत्तिजनक भएको बताएका छन् ।

थापाले पुर्ब प्रधानमन्त्री जस्तो जिम्मेवार ब्यक्तिले भड्काउ अभिव्यक्ति दिनु र धर्म परिबर्तनमा उक्साउनु संविधानको मर्म र भावना बिपरित भएको बताए ।

हेटौंडामा सोमबार आयोजित कार्यक्रममा अध्यक्ष थापाले  हिन्दु धर्मले जन्मको आधारमा कहि कतै छुवाछूतको कुरा उल्लेख नगरेको बताउदै धार्मिकग्रन्थको राम्रोसँग अध्ययन गर्न भट्टराईलाइ सुझाव दिए । भट्टराई जी, म सङ्गै अध्ययन गरेको मित्र हुनुहुन्छ, हिन्दु धार्मिक ग्रन्थले कहि कतै जन्मको आधारमा छुवाछूत र विभेद गर्ने कुरा गरेको छैन भन्दै थापाले जातिय द्वन्द्व हुने तर्क गर्दै हिड्नु जिम्मेवार ब्यक्तिको लागि अशोभनीय भएको बताए ।

हेटौंडामा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष थापाले मुलुक ठुला दल, ठुला कर्मचारी र ठुला ब्यवसायीको सेटिङ्गमा मनपरी ढंगले संचालन भएको आरोप लगाए । मुलुकमा मनपरी छ, जसले रे गरेनी हुने अबस्था आयो , कोहि कसैसङ्ग डराउनु नपर्ने भयो भन्दै थापाले ब्रम्हलुटको विरुद्ध जनता जाग्नु पर्ने बताए ।

बाईडबडी, ३३ क्विन्टल सुन, बालुवाटार जग्गा, एनसेल कर, मेलम्ची, बुढिगण्डकी प्रकरण ब्रम्हलुटको नमुना भएको दृष्टान्त दिए ।
कम्युनिस्ट र काङ्ग्रेस असफल भएको भन्दै थापाले राप्रपालाई बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति बनाउन सबैले सहयोग गर्नुपर्ने आबश्यकता औल्याए ।

कार्यक्रममा राप्रपाका सह–महामन्त्री भक्ती सिटौला, सहायक महामन्त्री राजाराम बर्तौला, जिल्ला अध्यक्ष मधु अधिकारी , शिबराम थापा नगर अध्यक्ष गुरु सापकोटा , बालकुमारी डल्लाकोटी , खिल प्रसाद चौलागाईं लगायतले बोलेका थिए । प्रशिक्षणमा जिल्लाका १ सय १५ प्रशिक्षार्थीको सहभागीता रहेको छ । राप्रपा पछिल्लो समय देशब्यापी प्रशिक्षणको अभियानमा छ ।

थप जानकारी