राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

वामदेव गौतममा पनि डेंगु संक्रमणको शंका

मङ्गलवार, २४ भाद्र २०७६ १०:१२

काठमाडौं । नेकपाका नेता तथा सचिवालय सदस्य वामदेव गौतममा पनि डेंगु संक्रमणको शंका गरिएको छ।

सोमबारबाट उनमा ज्वराे देखापरेपछि टेकु अस्पताल पुगेका गौतमको परीक्षणपछि चिकित्सकले उनलाई डेंगु लागेको आशंका गरेका छन्।

उपचारमा रहेका प्रधानमन्त्री ओलीलाई भेट्न सिंगापुर पुगेका गौतमलाई सिंगापुरमा फैलिएको डेंगु सरेको हुनसक्ने चिकित्सकले आशंका गरेका छन् ।

नेपालका अधिकांश भूभागमा फैलिएको डेंगुले विशिष्ट तथा उच्च ओहोदाका ब्यक्तीहरुसमेत एकपछि अर्को गर्दै आक्रान्त बनेका छन् ।

थप जानकारी