राष्ट्र हितमा समर्पित
BMP Infology
सोमवार, आश्विन ६, २०७६

डिजेल र पेट्रोलको मूल्य घट्यो

मङ्गलवार, २४ भाद्र २०७६ १३:००

काठमाडौँ, भदौ २४ गते । नेपाल आयल निगमले डिजेल/मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ ।

मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको उद्घाटनको अवसरमा डिजेल/मट्टितेल र पेट्रोलमा प्रतिलिटर दुई/दुई रुपैयाँ घटाइएको छ ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार मंगलबार मध्याह्न १२ बजेदेखि डिजेल/मट्टितेल र पेट्रोलको मूल्य लागू हुने घटाइएको जानकारी दिनुभयो ।

मूल्य घटेसँगै प्रतिलिटर डिजेल/मट्टितेल ९५ रुपैयाँ र पेट्रोल १०७ रुपैयाँ कायम भएको छ ।

निगमले आजैदेखि भारतबाट पाइपलाइनमार्फत इन्धन भित्रयाउँदै छ । पाइपलाइनाबाट इन्धन भित्रयाउन थालेपछि वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च बचत हुने निगमले जनाएको छ ।

थप जानकारी