राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

काठमाडौँबाट बाहिरिने सबै नाकाको सडकको अवस्था दर्दनाक, यात्रा असहज बन्ने खतरा

आइतवार, २९ भाद्र २०७६ ९:१३

काठमाडौं । दसैं आउन दुई साता बाँकी छँदा काठमाडौं उपत्यकाको सडक, उपत्यका भित्रिने र बाहिरिने नाका तथा राजमार्गको अवस्थामा सुधार भएको छैन ।

ठाउँ–ठाउँमा सडक विस्तार भइरहेकाले र निरन्तरको वर्षाका कारण सडक तथा राजमार्ग भत्किएका छन् भने सडकभरि खाल्टाखुल्टी परेर दयनीय बन्न पुगेको छ ।

काठमाडौंबाट बाहिरिने मुख्य नाका थानकोटको सडकखण्डमा खाल्टाखुल्टी देखिएका छन् । कलंकीबाट बाहिरिने अर्को नाका भक्तपुरसम्म राम्रो भए पनि बनेपा पार भएसँगै खाल्टाखुल्टीले सडक भरिएका छन् ।

बल्खुदेखि हेटौंडा निस्कने सडकखण्डको ठाउँठाउँमा पिच उप्किएको छ भने सडकभरि खाल्टाखुल्टी छन् ।

काठमाडौं–नुवाकोट–धादिङ तथा रसुवा जाने तीन वटा नाकाको पनि हालत खराब नै छ । टोखा, ककनी र गल्छीको बाटो पनि दयनीय अवस्थामा छ ।

चावहिल–जोरपाटीको सकड पनि दयनीय छ । त्यस क्षेत्रका स्थानीयले पटक–पटक सडक मर्मत–सम्भार तथा पिच गर्न माग गर्दै सडकमा उत्रिएर आन्दोलन गर्दै आएका छन् ।

ठेकेदारको लापरवाही र सरकारी निकायको सक्रियता नहुनाले उपत्यका र उपत्यकाबाहिरका सडकको अवस्था दयनीय बन्न पुगेको हो । यो समाचार आजको राजधानी दैनिकमा  टेनिस रोकाले लेखेका छन् ।

थप जानकारी