राष्ट्र हितमा समर्पित
BMP Infology
शुक्रवार, कार्तिक १, २०७६

मलेसिया जाने कामदारको निःशुल्क स्वास्थ्य परीक्षण

बिहिवार, २ आश्विन २०७६ १४:१६

काठमाडौं । काठमाडौंस्थित मलेसियन दूतावासले नेपाली कामदारको स्वास्थ्य परीक्षण निःशुल्क भएको जनाएको छ ।

दूतावासले नेपालमा कामदारले भुक्तानी गर्ने शुल्क रोजगारदाताले मलेसिया पुगेपछि पहिलो महिनाको तलबमा फिर्ता गर्ने जनाएको छ ।

नेपाल सरकार र मलेसियन सरकारबीच सम्पन्न श्रम समझदारीअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत आइतबारदेखि सो समझदारी अनुरूप आफ्नो काम सञ्चालन गरेपछि बायोमेडिकलमा समावेश भइसकेका ३६ वटा स्वास्थ्य संस्थाले कामदारको स्वास्थ्य परीक्षण सुरु गरेको छ ।

दूतावासका अनुसार स्वास्थ्य परीक्षणको शुल्क ४ हजार ५ सय, बायोमेडिकल सेवा शुल्क २८ सय रुपैयाँ र नेपाल सरकारलाई बुझाउनुपर्ने भ्याट शुल्क ३ सय ६४ रुपैयाँ गरी कुल ७ हजार ६ सय ६४ रुपैयाँ तोकिएको छ । यो शुल्क दुई देशबीचको संयुक्त प्राविधिक समूहले टुंगाएको हो ।

यसैगरी, मलेसियाले अब कामदारको स्वास्थ्य परीक्षण कार्यमा निरन्तर अनुगमन आवश्यक रहेको जनाएको छ । त्यसैगरी, मलेसियाले स्वास्थ्य मापदण्ड पुग्ने स्वास्थ्य संस्थालाई बायोमेडिकल प्रणालीमा समावेश गर्दै लैजाने जनाएको छ ।

आगामी नोभेम्बरको पहिलो साता आउने आफ्नो टोलीले नेपाल सरकारबाट प्रस्तावित ८६ वटा नयाँ स्वास्थ्य संस्थालाई निरीक्षण गर्ने दुई देशबीच सहमति भएको पनि उसले जनाकारी गराएको छ ।

थप जानकारी