राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

असोज अन्तिम साता सी नेपाल आउने

शनिवार, ४ आश्विन २०७६ १२:०६

काठमाडौँ । चीनका राष्ट्रपति सी चिनफिङ असोज अन्तिम साता नेपाल भ्रमणमा आउने तय भएको छ । नेपाल र चीनबीच कूटनीति च्यानलमार्फत भएका छलफलमा राष्ट्रपति सी दुई दिनका लागि नेपाल आउने छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा २४ असोजमा भारत जान लागेका सी त्यहाँको भ्रमण सकेर फर्कने क्रममा नेपाल आउने छन् । उनी एक रात काठमाडौँ बसेर बैइजिङ फर्किने कार्यतालिका तय भएको छ ।

तर, दुबै पक्षले अहिलेसम्म मिति भने खुलाएका छैनन् । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले भने, ‘चिनियाँ राष्ट्रपति आउने पक्का हो, मिति तय हुन बाँकी छ । तय भएपछि औपचारिक तयारी थाल्छौँ ।’

सीको भ्रमणका क्रममा केरुङ–काठमाडौँ रेल निर्माणसम्बन्धी घोषणा गर्न नेपालले चीनसँग प्रस्ताव गरिसकेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित भएको छ ।

थप जानकारी