पोखरा । राप्रपाका अध्यक्ष कमल थापा आई टि एफ सिनियर टेनिस प्रतियोगिताको ५५+ समुहको पहिलो खेलमा विजयी भएका छन् ।
थापाले कास्की टेनिस संघको आयोजनामा पोखरामा आजदेखि शुरु भएको आई टि एफ सिनियर टेनिस प्रतियोगिताको ५५+ समुहको पहिलो खेलमा भारत चण्डिगढका एस एन वशिष्ठलाई पराजित गरेका हुन् ।
थापाले एस एन वशिष्ठलाई ६-० र ६-१ मा पराजित गरेका थिए ।