राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

स्व.चन्द्रबहादुर गुरुङ स्मृति कप फुटसल प्रतियोगिता सुरु

आइतवार, ५ आश्विन २०७६ २१:०४

काठमाडौं । तत्कालिन राप्रपा नेपालका महामन्त्री एवं पहिलाे संविधानसभाका सदस्य चन्द्रबहादुर गुरुङकाे सम्झनामा आयाेजित फुटसल प्रतियाेगिता आजबाट राजधानीमा सुरु भएकाे छ ।

राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनकाे आयाेजनामा सुरु भएकाे “स्व. चन्द्रबहादुर गुरुङ स्मृति कप अन्तर कलेज प्रतियाेगिता- २०७६” राप्रपाका वरिष्ठ नेता दीपक बाेहराले उद्घाटन गरेका थियाे ।

आज भएकाे उद्घाटन खेलमा गाेल्डेनगेटले हिकास्टलाई पराजित गर्‍यो भने पशुपति , नेपाल ल, वाल्मीकि, नाइटेङ्गल, बायाेमेडिकल, हिमालयन ह्वाइटहाउस, गाेल्डेनगेट, कसमस कलेजले विजयी सुरुवात गर्दै दाेस्राे चरण प्रवेश गरेका छन् ।

धुम्बाराहीस्थित धन्यन्तरी फुटसलमा भएकाे प्रतियोगिता लिग कम नकआउट आधारमा खेलाइएकाे संगठनका उपाध्यक्ष शशि भण्डारीले जानकारी दिएका छन् ।

प्रतियोगिताको विजेताले नगद २० हजार, उपविजेताले १५ र तेस्रो हुनेले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

स्व. गुरुङ अखिल नेपाल फुटबल संघकाे अध्यक्ष, राष्ट्रिय खेलकुद परिषद्काे सदस्य, एशियाली युथ काउन्सिलकाे उपाध्यक्ष लगायत विभिन्न खेलकुद तथा सामाजिक संस्थामा संलग्न थिए ।

थप जानकारी