राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

कृषि विकास बैंक ह्याक गरी ३ करोड लुटियो, १० जना पक्राउ

बुधवार, ८ आश्विन २०७६ १२:२३

काठमाडौँ । कृषि विकास बैंकको सीस्टम ह्याक गरी ३ करोडभन्दा धेरै रकम निकालेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । गएराति उनीहरुलाई काठमाडौँसहित देशका विभिन्न भागबाट पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

महाशाखाका एसएसपी सहकुल थापाले आज दिउँसो २ बजे महाशाखामा पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गरिने बताए । पक्राउ पर्नेमा काठमाडौंका सुजन कार्की, निमा तामाङ, सञ्जय घले, विद्या सागर, नुवाकोटका लेमान तामाङ, लक्ष्मी तामाङ लगायत रहेका छन् ।

कृषि विकास बैंकको विभिन्न शाखामात्र ट्रान्सफर गरेर केन्द्रीय शाखाबाट सो रकम निकालेको देखिएको प्रहरीले जनाएको छ । तर, कसरी निकालियो भन्ने बारेमा प्रहरीले केही खुलाएको छैन ।

प्रहरी स्रोतकाअनुसार ट्रान्सफर भएको रकम निकाल्ने १० जनामध्ये तीन जनालाई आइतबार काठमाडौंबाट र अन्यलाई काठमाडौं बाहिरबाट पक्राउ गरिएको हो ।

थप जानकारी