पोखरा । राप्रपाका अध्यक्ष कमल थापा पोखरामा जारी आइटीएफ टेनिस प्रतियोगिताको ५५ + वर्ष माथिको उमेर समुहको एकल प्रतिस्पर्धाको फाईनल खेलमा विजयी भएका छन ।
थापाले भारतीय खेलाडी सञ्जय कुमारलाई पराजित गर्दै उपाधि कब्जा गरेका हुन ।
नेपाली भेट्रान्स टेनिस खेलाडी राप्रपा अध्यक्ष थापाले सञ्जयकुमारलाई ६–३, ६–२ को सोझो सेटमा हराएका हुन् ।