राष्ट्र हितमा समर्पित
BMP Infology
शुक्रवार, कार्तिक १, २०७६

राप्रपा प्रवास विभागद्वारा दिल्लीमा समिती गठन

आइतवार, १२ आश्विन २०७६ २१:१७

दिल्ली । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवास विभागले भारत अन्तर्गत दिल्लीमा समिति गठन गरेको छ ।

भारतको नयाँ दिल्लीमा आयोजित भेलाले पन्ध्र सदस्यीय प्रवासी नेपाली एकता समाज दिल्ली तदर्थ समिती गठन गरेको हो ।

भेलाले तदर्थ समितिमा अध्यक्ष हिक्मत चन्द, उपाध्यक्षद्वय प्रहर्श मल्ल, उमा चन्द ठाकुर, सचिव गोकर्ण ओलि, प्रवक्ता सिबि क्षेत्री , कोषाध्यक्ष शुभ दाहाल लगायतका पदाधिकारी सहित सदस्यहरुलाई चयन गरेको छ ।

कार्यक्रममा राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौला, प्रवास विभाग प्रमुख विजय खड्का, हिन्दु एकता मञ्च नेपालका संयोजक गणेश रिमाल, हिन्दुवादी नेताहरु महेन्द्र के.सी के.बी थापा, राप्रपा बैतडीका जिल्ला अध्यक्ष  प्रेम बहादुर चन्द , धार्मिक अभियन्ता आचार्य सुजन पराजुली लगायतको उपस्थिति रहेको थियो ।

थप जानकारी