राष्ट्र हितमा समर्पित
बिहिवार, बैशाख १३, २०८१

दुबईमा गाडी दुर्घटनामा एक नेपालीसहित ८ जनाको मृत्यु

सोमवार, १३ आश्विन २०७६ १७:५०

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुने मध्ये एकजना नेपाली नागरिक रहेको युएईस्थित नेपाली दूतावासले पुष्टि गरेको छ । अन्य मृतक एसियाली राष्ट्रका रहेको त्यहाँको प्रहरीले जनाएको छ ।

स्थानीय समयअनुसार विहान ४ बजेर ५४ मिनेटमा दुबईको सेख मोहम्मद विन जायद सडकमा फर्स्ट सेक्युरिटी ग्रुपको १४ सिटे मिनिबस लरीसँग ठोक्किएको थियो । दुर्घटनामा अरु ६ जना पनि घाइते भएका छन् ।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ भने अन्य ४ जनाको अवस्था सामान्य रहेको छ । घाइतेहरुको स्थानीय रसिद अस्पतालमा उपचार भइरहेको छ ।

थप जानकारी