राष्ट्र हितमा समर्पित
BMP Infology
शुक्रवार, कार्तिक १, २०७६

काठमाडौंमा पनि कमल थापाले  टेनिस उपाधी जिते

मङ्गलवार, १४ आश्विन २०७६ १३:०७

काठमाडौं । नेपाल लन टेनिस एशोशियसनद्वारा काठमाडौंमा आयोजित “नेपाल आईटिफ सेकेण्ड वल्ड र्‍याङ्किङ्ग च्याम्पियनसीप ग्रेड -३” को ५५ बर्ष उमेर समुहको उपाधी कमल थापाले जितेका छन् ।

आज सातदोबाटो स्थित टेनिस कोर्टमा संचालित खेलमा राप्रपा अध्यक्ष समेत रहेका थापाले  प्रतिद्वन्द्वी प्रदीप बहादुर शाहलाई ६-१, ६-३ को सोझो सेटमा पराजित गरेका हुन् ।

यस अघि पोखरामा आयोजित खेलमा पनि ५५ बर्ष उमेर समुहको सिङ्गल र डबल्स दुबै उपाधि थापाले जितेका थिए ।

थप जानकारी