राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

गाईसँग मिल्दोजुल्दो चुनाब चिन्ह दिएको भन्दै राप्रपाको आपत्ती 

शुक्रवार, १७ आश्विन २०७६ १८:२८

काठमाडौं । निर्वाचन आयोगले गाईसँग मिल्दोजुल्दो चिन्ह अर्को पार्टीलाई दिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्ती जनाएको छ।

शुक्रबार राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वको प्रतिनिधिमण्डलले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई ज्ञापनपत्र बुझाएको छ।

गाईसँग मिल्दोजुल्दो साँढे चुनाव चिन्ह दिएकोमा पार्टीको आपत्ति रहेको तामाङले प्रमुख थपलियालाई बताएका थिए । एउटा पार्टीको चुनाव चिन्हसँग मिल्ने चिन्ह अर्को पार्टीलाई दिने बिषय अनुचित भएको बताउँदै तामाङले आयोगले उक्त निर्णय सच्याउनु पर्ने बताए ।

आगामी उपनिर्बाचनमा गाईसँग मिल्दोजुल्दो गोरु, अर्ना, भैसी, घोडा जस्तो चुनाब चिन्हले मतदानमा अन्यौल हुने हुँदा यस बिषयमा निर्बाचन आयोगले उप निर्वाचन अघि नै निर्णय गर्नुपर्ने राप्रपाले जनाएको छ ।

प्रमुख आयुक्त थपलियाले यस बिषयमा आयोगको गम्भीर ध्यानाकर्षण भएको र सच्याउनु पर्ने पक्षहरुलाई सुधार गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका थिए ।

थप जानकारी