राष्ट्र हितमा समर्पित
BMP Infology
शुक्रवार, कार्तिक १, २०७६

संघीयताको कारण मुलुकको अस्तित्व गुम्न सक्ने खतरा: चित्र बहादुर के.सी

शुक्रवार, १७ आश्विन २०७६ १८:५२

बागलुङ। राष्ट्रिय जनमोर्चाका केन्द्रीयकाअध्यक्ष चित्र बहादुर के.सीले संघीयताकै कारण मुलुकको अस्तित्व गुम्न सक्ने खतरा बढेकाे बताएका छन् ।

राष्ट्रिय जनमोर्चा बागलुङ नगर समितिले सञ्चालन गरेको राष्ट्रिय स्वाधीनताको लागि गाउँ जागरण अभियान अन्तरगत २०७६ असोज १७ गते बागलुङ बजारमा शुभकामना आदान प्रदानमा बोल्दै के.सीले संघीयताकै कारण मुलुकको अस्तित्व गुम्न सक्ने खतरा बढेकाे बताएका हुन् ।

उनले संघीयताकै कारण मुलुक असफल राष्ट्र बनिसकेको बताउदैं नेपालमा भारतीय हस्तक्षेप समेत बढेको दाबी गरे ।

के.सीले केही वर्ष पहिलेसम्म भारत नेपालका केही व्यक्तिलाई मात्र हात लिएर हस्तक्षेप गर्ने गरेकोमा अहिले दल नै खडा गरेर हस्तक्षेप बढाएको बताए ।

नेपालका कालापानीमा भारतीय सेना राखेकोमा उनले आपत्ति व्यक्त गदैं सुस्ता लगायतका धेरै नेपाली भूमि भारतले हडपेको बेला नेपाल सरकार बोल्न नसक्नु लज्जाको विषय भएको बताए । उनले भारतीय हस्तक्षेपको विरोध नगरे जम्मुकाश्मीरको अवस्था नेपालले भोग्नु पर्ने छ । स्वतन्त्र मुलुक रहेका सिकिम, जम्मु काश्मिर लगायत भारतको प्रान्त बनेको स्मरण गर्दै केसीले नेपालले पनि हस्तक्षेपको विरोध नगरे कुनै समय त्यही नियति भोग्नु पर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता तथा गण्डकी प्रदेशका प्रदेश मामिला सभापती माननीय कृष्ण थापा, राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापा लगायतले मन्तव्य राखेका थिए ।

थप जानकारी