राष्ट्र हितमा समर्पित
शुक्रवार, चैत्र १६, २०८०

राष्ट्रपतिले टीका लगाइदिनुहुने

शनिवार, १८ आश्विन २०७६ ७:३७

काठमाडौँ, असोज १८ गते । राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट बडादशैँको टीका ग्रहणका लागि असोज २१ गते मङ्गलबार दिउँसो १ बजेबाट समय व्यवस्था गरिएको छ ।

राष्ट्रपतिको कार्यालय शीतल निवासबाट शुक्रबार जारी विज्ञप्तिअनुसार सम्माननीयहरू, माननीय उपप्रधानमन्त्रीहरू, प्रदेश प्रमुखहरू, मन्त्रीहरू, न्यायाधीशहरू, सङ्घीय संसद्का सदस्यहरू, संवैधानिक निकायका पदाधिकारीहरूलाई दिउँसो १ बजेदेखि २ बजेसम्मको समय व्यवस्था गरिएको छ ।

त्यस्तै अन्य इच्छुक सर्वसाधारणका लागि दिउँसो २:३० बजेदेखि ३:३० बजेसम्म टीका प्रसाद ग्रहणको कार्यक्रम राखिएको र त्यसका लागि शीतल निवासको एक नम्बर ढोका प्रयोग गर्नसमेत विज्ञप्तिमा सबैमा जानकारीका लागि उल्लेख छ ।

थप जानकारी