राष्ट्र हितमा समर्पित
BMP Infology
शुक्रवार, कार्तिक १, २०७६

तपाईंको साप्ताहिक राशीफल

असोज १९ गतेदेखि असोज २५ गतेसम्म

आइतवार, १९ आश्विन २०७६ ८:००

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

राशि स्वामी: मंगल, शुभ बार: मंगलबार, शुभ रङ्ग: रातो, शुभ दिशा: पुर्व र दक्षिण । ऋणात्मक समय रहेको छ । खर्च बढी हुने हुदा तनाव होइने छ । साथीभाईहरुसंग भेटघाट हुनेछ । पुराना साथीभाईसंग रमाइला गफगाफले गर्दा मन फुरुङ भइ पीडा भुल्ल पाईने योग रहेको छ । यात्रा सुख दायी रहेको छ । १ अंक शुभ रहेको छ । (ॐ मंगलमुर्तये नम: १० हजार जप तथा गणेशको आरधना गर्नुहोला । गणेश चालिसा पाठ गर्नु होला)

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

राशि स्वामी: शुक्र , शुभ बार: शुक्रबार, शुभ दिशा: पश्चिम्, शुभ रङ्ग: सेतो र घ्यु । शिक्षा शिक्षण संस्थानहरुबाट मनगन्य धन आर्जन हुने छ । आफन्तहरुसंगको भेट घाट बाक्लिने छ । आफन्तको धोकाले मन रूने छ । पैतृक सम्पतिमा विवाद हुने योग रहेको छ । पतिपत्नीमा सौहार्द व्यवहार हुने छ । घ्यू रंग शुभ रहेको छ । बिजोर अंक शुभ रहेको छ ।(ॐ शुं शुक्राय नम: ११ हजार जप तथा शुक्रबार इन्द्रायणि पुजन गर्नु होला)

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

राशि स्वामी : बुध , शुभ बार : बुधबार, शुभ रङ्ग: हरियो, शुभ दिशा: उत्तर र इशान । पारिवारिक जीवनमा खट पटको योग रहेको छ । सोमबार आफन्तको सामु शिर निहुराउनू पर्ने योग रहेको छ । लेनदेनको विवाद हुने छ । यात्रा कठिनाई रहेको छ । महत्वपूर्ण महानुभावको कृपाले तनाव मुक्त वुधावारबाट हुने छ । अनैतिक समबन्धबाट टाढा रहदा शुभ हुनेछ ।सुगा रंग सुभ रहेको छ । अंक १ शुभ रहेको छ । (ॐ बुं बुधाय नम: ८ हजार जप तथा बामन भगवानको पुजन गर्नु होला)

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

राशि स्वामी: चन्द्रमा, शुभ बार: सोमबार, शुभ रङ्ग: सेतो, शुभ दिशा: पश्चिम् । सोमबार अचानक शुभ समाचारले मन आनन्दीत हुने योग रहेको छ । पुराना जिन्सी महत्वपूर्ण धनमाल गुम्ने योग रहेको छ । फोक्सोमा समस्या आउने छ । मदिरा धुम्रपानबाट टाढा हुदा शुभ रहने छ । आर्थिक उन्नतिको योग रहेको छ । सतो र नीलो रंग शुभ रहेको छ । ७ अंक यो साता शुभ रहेको छ । अंक ४ शुभ रहने छ । (ॐ चन्द्रमसे (सोमाय) नम: ११ हजार जप तथा देवीको पुजन गर्नु होला )

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

राशि स्वामी: सुर्य , शुभ: रविबार, शुभ दिशा: पुर्व अग्नि कोण, शुभ रङ्ग: रातो । पेट सम्बन्धी समस्याले सताउने छ । कब्जियतका कारण पहेलो रोगका लक्षण देखा पर्न सक्ने छन । मातापिताबाट अपहेलनाको समाना गर्नु पर्ने छ । प्रेम प्रसंग टुसाउने छ । अनावश्यक झै झमेला आइलाग्ने योग रहेकोछ । पुर्वको यात्रा शुभ रहेको छ । गुलावी तथा सिन्दूर रंग शुभ रहेको छ । अंक ५ शुभ रहेको छ ।(ॐ घृणि: सुर्याय नम: ७ हजार जप तथा भगवान शिवको पुजा गर्नु होला)

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

राशी स्वामि: बुध , शुभ बार: बुधबार, अशुभ बार सोमबार, शुभ दिशा: पुर्व, अशुभ: उत्तर र पश्चिम,शुभ रङ्ग: पहेलो, अशुभ रङ्ग: हरियो । प्राबिधिक क्षेत्रबाट लाभ हुने योग रहेको छ । काम काजको क्षेत्र मा विवाद हुने प्रबल योग रहेको छ । यात्रामा कठिनाइको सामना गर्नु पर्ने छ । बिद्वत जनको मंगलमय शुभकामनाले मन शान्त हुने योग रहेको छ । निख्खरा हरियो रंग शुभ रहेको छ । अंक ३ शुभ रहेको छ । (ॐ बुं बुधाय नम: ८ हजार जप तथा निलकण्ठ भगवानको पुजा गर्नु होला)

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

राशी स्वामी: शुक्र , शुभ बार: शुक्रवार , शुभ रङ्ग: सेतो र घ्यू रङ्ग, शुभ दिशा: पश्चिम् वायु कोण । वादविवादबाट टाढा नै रहदा शुभ रहने योग रहेको छ । महत्वपूर्ण महानुभावहरुको कृपयाबाट नबनेका कामहरु बन्ने योग रहेको । अनैतिक सम्बन्धका कारण आइतबार कानुनी झमेला व्यहोर्नू पर्नेछ । पारिवारिक समस्या थपिने योग रहेको छ । घाम रंग शुभ रहेको छ । अंक ७ शुभ रहेको छ ।(ॐ शुं शुक्राय नम : ११ हजार जप तथा अंबिका देवीको पुजा गर्नुहोला)

वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु)

राशी स्वामी: मंगल , शुभ बार: मंगलबार, अशुभ बार: आइतबार, शुभ रङ्ग: रातो, शुभ दिशा: पुर्व अग्नि कोण । मनमा अनेक खालका कुराहरुले घर गरि बस्ने योग रहेको छ । अचानक कानुनी फन्दामा पर्ने योग रहेको छ । बादविवादको सामना गर्नु पर्ने योग रहेको छ । मन लागि नलागी यात्रा गर्नु पर्ने योग रहेको छ । पुर्ख्यौली सम्पतीबाट भने मंगलाबार लाभ हुने छ ।अंक १ शुभ रहेको छ । (ॐ मगल मुर्तये नम: १० हजार जप तथा हनुमानको आरधना गर्नुहोला)

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

राशी स्वाम: गुरु ,शुभ बार: बिहीबार अशुभ बार : शुक्रबार । शुभ रङ्ग: पहेँलो , शुभ दिशा: पुर्व- ईशान,
शिक्षामा प्रगतिको योग रहेको छ । आफन्तको सरसल्लाहमा अन्यविधामा विद्यावारिधि गरने निर्णयमा पुगिने छ । आम्दानीका पाटाहरु खुल्ने योग रहेको छ । साथीभाईहरुबाट प्रशम्शित होइने योग रहेको छ । बिहिवार महत्वपूर्ण काम बन्ने योग रहेको छ । पिताम्वरि रंग शुभ रहेको छ। ९,३ शुभ रहेको छ अंक ।(ॐ बृं बृहस्पतये नम: १९ हजार जप तथा कुलदेवताको आरधना गर्नु होला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

राशी स्वामी: शनि , शुभ बार: शनिबार , अशुभ बार: आइतबार, शुभ दिशा: पश्चिम नैऋत्य कोण, शुभ रङ्ग : कालो निलो । आइतबार अनावस्य यात्रा तय हुने योग रहेको छ। आर्थिक रूपले शाता शुभ रहेको छ । यात्राको योग शुभ रहेको छ । दही खाई यात्रा गरेमा दुर्गति र दुर्घटनाबाट बच्न सकिने छ । माता-पितालाई स्नेह गर्ने मौका पाईने छ । सन्तान सुखको योग रहेको छ । परिवारमा आकस्मिक समस्या देखा पर्ने छ । खरानी रंग शुभ रहेको छ । अंक ५,१ शुभ रहेको छ ।(ॐ शं शनैश्चराय नम: २३ हजार जप तथा देवीको पुजा गर्नु होला)

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

राशि स्वामी: शनि , शुभ बार: शनिबार, अशुभ बार: आइतबार , शुभ दिशा: पश्चिम वायु कोण, शुभ रङ्ग : कालो ध्वांसे । प्रेम प्रसंगले मन आनन्दित हुने छ । धर्म कर्ममा मन जाने छ । सामाजिक कार्यमा व्यस्त होइने छ । सभा सम्मेलनमा निम्तो आउने छ । आर्थिक भार बढ्ने योग रहेको छ, सावधान रहनु पर्ने छ । यात्रा शुभ रहेको छ । केरा खाई यात्र गरेमा शुभ रहेको छ ।निख्खरा कालो र खरानि रंग शुभ रहेको छ । ५ अंक शुभ रहेको छ ।(ॐ शं शनैश्चराय नम: २३ हजार जप तथा माता गुह्यश्वरीको पुजा गर्नुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

राशी स्वामी: गुरु , शुभ बार: गुरुबार, अशुभ बार: शुक्रबार, शुभ दिशा: पुर्व शुभ, अशुभ दिशा: पश्चिम्, शुभ रङ्ग: पहेलो र सेतो । शिक्षा शिक्षणमा प्रगतिको योग रहेको छ । पारिवारिक जीवनमा कठिनाईको योग रहेको छ । धर्मांतरणको योग रहेको छ । परिवारबाट तिरस्कृत हुनु पर्ने छ । यात्रामा रुकावटको योग रहेको छ । महत्वपूर्ण महानुभावको सरसल्लाह नमानिदा सल्लाहमा पर्न सकिने छ । साथिभाई बाट टाढा हुनु पर्ने छ । पहेलो आकशे नीलो रंग शुभ रहेको छ । ३,५ शुभ रहेको छ । (बृं बृहस्पतये नम : १९ हजार जप तथा पित्री तथा कुलदेवताको आरधना गर्नु होला)

हामी सबैको यो हप्ता शुभ रहोस् ।

आचार्य सुजन अधिकारी कस्यप ज्योतिषाचार्य
कपन काठमाडौं फोन नं: ९८४१८९१९४१/९८४१७०२७८९

यदि तपाईंलाई चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन लगायत अन्य ज्योतिष परामर्श आवश्यक परे सम्पर्क गर्नुहोला ।

थप जानकारी