राष्ट्र हितमा समर्पित
शुक्रवार, चैत्र १६, २०८०

तपाईंको साप्ताहिक राशीफल

असोज २५ गतेदेखि कार्तिक १ गतेसम्म

शनिवार, २५ आश्विन २०७६ ८:५८

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
राशि स्वामी: मंगल, शुभ बार: मंगलबार, शुभ रङ्ग: रातो, शुभ दिशा: पुर्व र दक्षिण । शिक्षा शिक्षणमा प्रगतिको योग रहेको छ । मान्यजनबाट महत्वपूर्ण शिक्षा पाईने छ । प्रेम सम्बन्धमा आकस्मिक समस्या देखा पर्ने योग रहेको छ । तसर्थ अनावश्यक वहस नगर्दा शुभ होला । व्यापारमा प्रगतिको योग रहेको छ । बिगत देखी नबनेको कार्य यो साता फत्ते हुने योग रहेको छ । आफन्तबाट पुर्ण सहयोग पाईने छ । समकक्षीबाट धोका हुन सक्ने हुँदा सावधानी रहनु  नै शुभ रहने छ । मंगलबार र बिहिवार आर्थिक लाभको योग रहेको छ । यात्रा शुभ छ । अंक २ शुभ रहेको छ । शुभ रंग नारंगी रहेको छ ।(ॐ मंगलमुर्तये नम: १० हजार जप तथा गणेशको आरधना गर्नुहोला । गणेश चालिसा पाठ गर्नु होला)

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
राशि स्वामी: शुक्र , शुभ बार: शुक्रबार, शुभ दिशा: पश्चिम्, शुभ रङ्ग: सेतो र घ्यु । राजनैतिक क्षेत्रबाट लाभ लिन सकिने योग रहेको छ । सामाजिक क्षेत्रमा समय व्यतीत हुने छ। बिगतमा लागेको झुटा आरोपबाट यो साता सफाई पाउने योग रहेको छ । महत्वपूर्ण महानुभावको आशिर्वादबाट यहाँहरुलाई बरदान साबित हुने योग रहेको छ । आर्थिक लाभको योग रहेता पनि अलिक उतावलो हुनाले पुर्ण लाभ लिन भने कठिनाई हुने छ । दग्ध जन्य पदार्थको कारोबार बाट लाभ हुने छ । हीरा रत्नको व्यापारबाट पनि आम्दानी लिन सकिने योग रहेको छ । पुर्खौली सम्पत्तिको बाडफाडको योग रहेको छ । सोम- शुक्रवार लाभको दिन रहेको छ भने बिहिवार अनावश्यक धन हानी को योग रहेको छ । अंक २,७ शुभ रहने छ । घ्यू रंग र पहेलो रंग शुभ रहेको छ ।(ॐ शुं शुक्राय नम: ११ हजार जप तथा शुक्रबार इन्द्रायणि पुजन गर्नु होला)

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
राशि स्वामी : बुध , शुभ बार : बुधबार, शुभ रङ्ग: हरियो, शुभ दिशा: उत्तर र इशान । आर्थिक-राजनीतिक क्षेत्रबाट  विवादित हुने योग रहेको छ । लेन-देन समस्या को योग रहेको छ । वाणीमा आकस्मिक समस्या रहने छ । बुध नीच राशिसंग यो राशिमा रहने भएकोले राम्रो बोल्दा पनि नराम्रो हुने भएकोले कम बोल्दा शुभ रहला । धार्मिक यात्रा फलदायी रहने छ । रत्नको कारोबारबाट लाभको योग रहेको छ। शिक्षा शिक्षण र संस्थानबाट लाभको योग रहेको छ । प्रेम सम्बन्ध प्रगाड हुने छ । पतिपत्नीमा शंकाको भाव उत्पन्न हुने योग रहेको छ । स्त्री कलहले घरमा अलिक अशांत हुन सक्ने छ । मनमा अनेक विचार आउने योग छ । अंक५ शुभ । हरियो र क्रीम शुभ रहने छ । (ॐ बुं बुधाय नम: ८ हजार जप तथा बामन भगवानको पुजन गर्नु होला)

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

राशि स्वामी: चन्द्रमा, शुभ बार: सोमबार, शुभ रङ्ग: सेतो, शुभ दिशा: पश्चिम् । पारिवारिक जीवनमा आकस्मिक समस्याको सामना गर्नु पर्ने छ । यो साता गर्भावस्थामा हुनु भएकी महिलालाई अशुभ रहेको छ । महत्वपूर्ण महानुभावको अर्ति नमान्दा पछुताउनु पर्ने छ । रेस्टुरेन्ट तथा होटल कारोबारमा लाग्नु भएका जनलाई यो साता आर्थिक रूपमा समस्या हुन सक्ने छ । शिक्षण संस्थानबाट लाभको योग रहेको छ । सन्तान सुख अर्थात संतान लाभको योग रहेको छ । प्रेम अंकुरण हुन सक्ने योग रहेको छ । जग्गा जमिनबाट लाभको योग रहेको छ । सोम- शुक्रबार  आम्दानी हुने योग रहेको छ । बिगतमा फसेको लगानी उठाउन सकिने छ । अंक २ शुभ रहेको छ ।क्रीम, स्वेत र पहेलो रंग शुभ रहेको छ । (ॐ चन्द्रमसे (सोमाय) नम: ११ हजार जप तथा देवीको पुजन गर्नु होला )

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

राशि स्वामी: सुर्य , शुभ: रविबार, शुभ दिशा: पुर्व अग्नि कोण, शुभ रङ्ग: रातो । औषधि ड्रग्स सम्बन्धी कारोबारको लागि शुभ समय रहेको छ । तैलीय पदार्थबाट आर्थिक लाभ रहेको छ । उर्जा सम्बन्धी क्षेत्रबाट लाभको योग रहेको छ । सवारी साधनबाट भने आकस्मिक हानी हुन सक्ने योग रहेको छ । यात्रा गर्दा सावधानी अपनाउनु पर्नेछ । शिक्षण संस्थानबाट सम्मानित हुन पाउने योग रहेको छ ।भाई- भतीजाबाट  भने अपमानित हुनु पर्ने योग रहेको छ । महिला वर्गलाई अनावस्यक आक्षेप लाग्न सक्ने छ अत: अंजान व्यक्तीसँग भेट घाट अड़क भड़क  युक्त भंगि भाव युक्त हर्कत नगर्दा नै शुभ रहला । महत्वपूर्ण महानुभावबाट यहाँहरु सम्मानित हुने योग रहेको छ । वैदेशिक यात्रा शुभ रहेको छ । पुर्वीया देशको भ्रमण शुभ रहेको छ । अंक १ शुभ रहेको छ । रातो, फुस्रो र सिम्रिक रंग शुभ रहेको छ । (ॐ घृणि: सुर्याय नम: ७ हजार जप तथा भगवान शिवको पुजा गर्नु होला)

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

राशी स्वामि: बुध , शुभ बार: बुधबार, अशुभ बार सोमबार, शुभ दिशा: पुर्व, अशुभ: उत्तर र पश्चिम,शुभ रङ्ग: पहेलो, अशुभ रङ्ग: हरियो । आर्थिक-राजनीतिक क्षेत्रबाट लाभको योग रहेको छ । राजनैतिक क्षेत्रमा गरिएको कार्यले कदर पाउने योग रहेको छ । धार्मिक तीर्थस्थल र तीर्थस्थानको  संरक्षण गरने दायित्व मिल्ने योग रहेको छ । देश भावले ओत प्रोत होइने छ । मान्यजनहरुको भरपुर साथ पाईने योग रहेको छ । सोमबार झुटा मुद्दा लाग्ने प्रबल सम्भावना रहेको छ ।मित्रको स्वांग पार्नेबाट धोकाको सामना गर्नु पर्ने योग रहेको  छ । साता सामान्य रहेको छ । प्रेम अंकुरणको योग रहेको छ । अनितिक सम्बन्ध पनि बृद्धि हुने सम्भावना बढी छ । अंक ३,५ शुभ रहेको छ ।हरियो रंग र सुगा रंग शुभ रहेको छ । (ॐ बुं बुधाय नम: ८ हजार जप तथा निलकण्ठ भगवानको पुजा गर्नु होला)

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

राशी स्वामी: शुक्र , शुभ बार: शुक्रवार , शुभ रङ्ग: सेतो र घ्यू रङ्ग, शुभ दिशा: पश्चिम् वायु कोण । शिक्षा शिक्षण र संस्थानबाट लाभको योग रहेको छ । आर्थिक रूपले आइतबारबाट शुभ रहेको छ । दुग्धजन्य पदार्थबाट लाभ हुने छ भने कपडा फेन्सि र कस्मेटिकबाट भने आर्थिक हानीको योग रहेको छ । पित्त बिकारको योग रहेको छ । व्यापार बंदोबस्तबाट मनग्न्य धन लाभ गर्न सकिने साता रहेको छ । बिलासिताका बस्तु संग्रहको योग रहेको छ । मातापिताको बिमारीले मन अशांत रहने योग रहेको छ । पारिवारिक सदस्य हानी योग रहेको छ । पुर्खौली सम्पतीको विवाद टुङ्गिने योग रहेको छ । महत्वपूर्ण कर्मको सुरुवातको योग रहेको छ । शुक्रवार विदेशी साथीबाट लाभ लिन सकिनेछ । अंक २ शुभ रहेको छ । घ्यू रंग र पानी रंग शुभ रहने छ ।(ॐ शुं शुक्राय नम : ११ हजार जप तथा अंबिका देवीको पुजा गर्नुहोला)

वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु)

राशी स्वामी: मंगल , शुभ बार: मंगलबार, अशुभ बार: आइतबार, शुभ रङ्ग: रातो, शुभ दिशा: पुर्व अग्नि कोण । धार्मीक छद्मभेषीहरुबाट धोका हुन सक्ने छ । धर्मांतरणका ठेकेदारबाट आर्थिक लाभ देखाएर यौनिक शोषण हुन सक्ने सम्भावना रहेको छ । महत्वपूर्ण महानुभावबाट श्रष्टाहरुको नाममा पुरस्कृत हुन पाईने योग रहेको छ । पतिपत्नीबिच सुमधुर सम्बंध रहने छ । साला-साली र नन्दबाट महत्वपुर्ण सहयोग प्राप्त हुने योग रहेको छ । बुधवारबाट भने मन चन्चल हुने योग रहेको छ । जग्गा जमिनबाट लाभको योग रहेको छ । शनि प्रधान भएकोले साताको अन्तमा झुटा मुद्दा लाग्न सक्ने योग रहेको छ । अंक १शुभ रहेको छ । नारंगी र सिम्रिक रंग शुभ रहेको छ । (ॐ मगल मुर्तये नम: १० हजार जप तथा हनुमानको आरधना गर्नुहोला)

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

राशी स्वाम: गुरु ,शुभ बार: बिहीबार अशुभ बार : शुक्रबार । शुभ रङ्ग: पहेँलो , शुभ दिशा: पुर्व- ईशान, शनीको साढेसात र बृश्चिक र बाणीका बुध नीच राशिसंग रहेकोले अनावश्यक झमेला, झुटा आरोप, सेक्सुवल हेरस्मेंट, चोट-पटक र विश्वास गरेकाबाट घातको योग रहेको छ । महत्वपूर्ण महानुभावको सरसल्लाहमा गरेको कर्म भने सफल हुने छ । कार्यमा व्यवधान हुने योग रहेको छ । श्रीमान-श्रीमतीबीच अनबनको योग रहेको छ । शिक्षा शिक्षण संस्थानबाट लाभको योग रहेको छ । सोमबारबाट आम्दानीको रहेको छ। विज्ञान र धर्मलाई फ्यूजन गरी छुट्टै दर्शन तयार गरने सुरको उदय हुने छ । साता मध्यम  खालको रहेको छ । अंक ३,९ शुभ रहेको छ । पिताम्बरि रंग शुभ रहेको छ ।(ॐ बृं बृहस्पतये नम: १९ हजार जप तथा कुलदेवताको आरधना गर्नु होला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

राशी स्वामी: शनि , शुभ बार: शनिबार , अशुभ बार: आइतबार, शुभ दिशा: पश्चिम नैऋत्य कोण, शुभ रङ्ग : कालो निलो । शिक्षा शिक्षण संस्थानबाट लाभको योग रहेको छ । शनिवार आर्थिक लाभको योग रहेको छ । सन्तान लाभको योग रहेको छ । व्यापार बन्दोबस्तबाट लाभको योग रहेको छ । लत्ता, कपडा, कस्मेटिक र फेन्सिबाट लाभ मिल्ने योग रहेको छ । आम्दानीका स्रोतहरु खुल्ने योग रहेको छ । सवारी साधनबाट लाभको रहेको छ । फलाम हार्डवेरबाट लाभ लिन सकिने समय रहेको छ । पतिपत्नीमा आकस्मिक समस्या देखा पर्नेछ । आफन्त टाढा हुने छन । लेनदेनमा समस्या आइलाग्ने छ । शनीको उपचारबाट  लाभ लिन सकिने छ । अंक १ शुभ रहने छ । नीलो र भेन्टा रंग शुभ रहने छ ।(ॐ शं शनैश्चराय नम: २३ हजार जप तथा देवीको पुजा गर्नु होला)

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

राशि स्वामी: शनि , शुभ बार: शनिबार, अशुभ बार: आइतबार , शुभ दिशा: पश्चिम वायु कोण, शुभ रङ्ग : कालो ध्वांसे । शिक्षा शिक्षण र  संस्थानबाट लाभको योग रहेको छ । सवारी साधनबाट लाभको योग रहेको छ । खनिज पदार्थ, ढुंगा माटोको कारोबारबाट लाभको योग रहेको छ । जग्गा जमिनको कारोबारबाट लाभ रहेको छ । शनिवार सोमबार आम्दानीको स्रोतहरु देखा पर्ने योग रहेको छ । माता-पिताको सेवा गर्नु पर्ने योग रहेको छ । धार्मिक तीर्थस्थल र धार्मिक स्थानको संरक्षण हेतु मुखिया बन्ने योग रहेको छ । आफन्तबाट सहयोग साथ पाईने योग रहेको छ । प्रेम अंकुरणको योग रहेको छ । साताको अन्तमा आकस्मिक समस्या मुद्दा मामिला खेप्नू पर्ने छ ।१,७ अंक शुभ रहेको छ । कालो र नीलो रंग शुभ रहेको छ यो साता । (ॐ शं शनैश्चराय नम: २३ हजार जप तथा माता गुह्यश्वरीको पुजा गर्नुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

राशी स्वामी: गुरु , शुभ बार: गुरुबार, अशुभ बार: शुक्रबार, शुभ दिशा: पुर्व शुभ, अशुभ दिशा: पश्चिम्, शुभ रङ्ग: पहेलो र सेतो । पारिवारिक जीवनमा कठिनाई को सामना गर्नु पर्ने योग रहेको छ । व्यापार घाटाले मन खिन्न रहने छ । जग्गा जमिनबाट र मिटर व्याजबाट आर्थिक लाभ लिन सकिने योग रहेको छ । भाई भाईमा विवादका कारण अंश बन्दी तथा पुर्ख्यौली हुन सक्ने योग रहेको छ । राजनैतिक क्षेत्रबाट लाभ लिन सक्ने योग रहेको छ। महत्वपूर्ण महानुभाव बाट लियेको सरसल्लाहले आगामी दिन लाई शुभ रहने छ । धार्मिक यात्राको सम्भावना रहेको छ । अनैतिक सम्बन्धका कारण मनमा उल्झनको सामना गर्नु पर्ने छ । पुराना साथिभाईरु संग भेट घाट हुने योग रहेको छ । बुधाबार यात्रामा कठिनाईको योग रहेको छ । अंक १,५ शुभ रहेको छ । नीलो,कालो र ध्वांसे रंग शुभ रहेको छ । (बृं बृहस्पतये नम : १९ हजार जप तथा पित्री तथा कुलदेवताको आरधना गर्नु होला)

हामी सबैको यो हप्ता शुभ रहोस् ।

आचार्य सुजन अधिकारी कस्यप
ज्योतिषाचार्य, कपन काठमाडौं फोन नं:  ९८४१८९१९४१/९८४१७०२७८९

यदि तपाईंलाई चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन लगायत अन्य ज्योतिष परामर्श आवश्यक परे सम्पर्क गर्नुहोला ।

थप जानकारी