राष्ट्र हितमा समर्पित
बिहिवार, बैशाख ६, २०८१

सी भ्रमणः आज काठमाडौंका यी रूटमा यातायात रोकिने

शनिवार, २५ आश्विन २०७६ ११:५२

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने राजकीय भ्रमणका क्रममा उपत्यकाका केही क्षेत्रमा यातायात प्रभावित हुने भएको छ ।

सी भ्रमणका क्रममा शनिबार र आइतबार भीभीआईपी सवारी हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रविकुमार पौडेलले जानकारी दिए ।

शनिबार अपराह्न ४:३० देखि ५:३० बजे सम्ममा त्रिभुवन विमानस्थलमा राष्ट्रपति सी उत्रने कार्यतालिका छ। साँझ ६:३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा भेटघाट गर्ने कार्यक्रम छ ।

करिब ७:३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीले सोल्टी होटेलमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने कार्यक्रम रहेको हुँदा सवारी हुने रुटमा यातायात पूर्ण रोकिने प्रवक्ता पौडेलले जानकारी दिए ।

थप जानकारी